महिला हिंसा हुन नदिन थप विशेष प्रहरी टोली परिचालन गरिने

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ६, २०७६
|
|
४१ पटक हेरिएको
Shares
महिला हिंसा हुन नदिन थप विशेष प्रहरी टोली परिचालन गरिने

सारांश

  • काठमाडौं।
  • सार्वजानिक यातायातमा महिलामाथि हिंसा हुन नदिन प्रहरीले आगामी दिन थप विशेष टोली परिचालन गर्ने भएको छ।
  • गत वर्ष उपत्यकाभित्रका बढी चाप हुने मार्गका सार्वजानिक बस तथा माइक्रोबसमा विशेष प्रहरी परिचालन गरिएकामा सार्वजनिक बसमा यात्रा गरेका महिलामाथि हिंसा गर्ने २४३ लाई विशेष टोलीले पक्राउ गरेको थियो।

काठमाडौं। सार्वजानिक यातायातमा महिलामाथि हिंसा हुन नदिन प्रहरीले आगामी दिन थप विशेष टोली परिचालन गर्ने भएको छ। गत वर्ष उपत्यकाभित्रका बढी चाप हुने मार्गका सार्वजानिक बस तथा माइक्रोबसमा विशेष प्रहरी परिचालन गरिएकामा सार्वजनिक बसमा यात्रा गरेका महिलामाथि हिंसा गर्ने २४३ लाई विशेष टोलीले पक्राउ गरेको थियो।

काव्य विद्यालय–प्रहरी समन्वय समिति, महानगरीय प्रहरीवृत्त नयाँ बानेश्वर तथा बानेश्वर सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा संयुक्तरुपमा सोमबार आयोजित कार्यक्रममा रानीपोखरी महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले सो स्थानमा अगामी दिन थप प्रहरी परिचालन गरिने जानकारी दिए।

उनले पछिल्लो समय सामाजिक सञ्जालका कारण उत्पन्न साइबर अपराध नियन्त्रण गर्न प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा ‘साइबर ब्युरो’ स्थापना भएको जानकारी दिँदै सो ब्युरोले अपराध नियन्त्रणमा प्रभावकारी कामसमेत गरेको जिकिर गरे। पछिल्लो समयमा साइबर अपराधमा किशोरकिशोरी र युवायुवतीको बढी संलग्नता देखिएको उल्लेख गर्दै उनले कम उमेरका आफ्ना छोराछोरीलाई सामाजिक सञ्जालबाट टाढा राख्न अभिभावकलाई सुझाव दिए।

प्रहरी नायब महानिरीक्षक थापाले काव्य विद्यालयका प्राचार्य नवराज बास्कोटालाई प्रशंसापत्र प्रदान गरेका थिए। नयाँ बानेश्वर प्रहरीवृत्तका प्रमुख प्रहरीनायब उपरीक्षक गोविन्दराज काफ्लेले साइबर अपराध, लागुपदार्थ दुव्र्यसन अन्त्य, सडक सुरक्षाका लागि समुदाय सचेत भई अगाडि बढ्नुपर्ने बताए। पछिल्लो समय शान्तिसुरक्षा, बालबालिकाको आधारभूत सुरक्षा तथा जानकारीका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम तीव्ररुपमा सञ्चालन भइराखेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली बेइजिङमा
प्रधानमन्त्री ओली बेइजिङमा
प्रहरी एआइजीको संख्या ३ बाट ११ पुर्याउने निर्णय
प्रहरी एआइजीको संख्या ३ बाट ११ पुर्याउने निर्णय
इजरेली फौज र हमास समूहबीच भिडन्त
इजरेली फौज र हमास समूहबीच भिडन्त
शेरधन राईका अंगरक्षक घाइते हुने गरी भएको यो आक्रमणको घोर निन्दा-के पि ओलि
शेरधन राईका अंगरक्षक घाइते हुने गरी भएको यो आक्रमणको घोर निन्दा-के पि ओलि
१५ वर्ष जेल जीवन बिताएका रामचन्द्र पौडेल अन्ततः देशको अभिभावक
१५ वर्ष जेल जीवन बिताएका रामचन्द्र पौडेल अन्ततः देशको अभिभावक
प्रचण्ड र ओलीबीच छलफल सम्पन्न यि बिषयमा छलफल भयाे
प्रचण्ड र ओलीबीच छलफल सम्पन्न यि बिषयमा छलफल भयाे
शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री, आजै शपथ
शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री, आजै शपथ
नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध
नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध
साउन २ गतदेखि राष्ट्रिय जनजागरण अभियान थालिने: कमल थापा
पत्रकार सम्मेलनमार्फत रबि लामिछानेको राजनीतिमा आउने संकेत, भन्छन् ‘हिरासतको बसाई नयाँ अनुभव’
पत्रकार सम्मेलनमार्फत रबि लामिछानेको राजनीतिमा आउने संकेत, भन्छन् ‘हिरासतको बसाई नयाँ अनुभव’

तपाईंले छुटाउनुभयो कि?