साउन २ गतदेखि राष्ट्रिय जनजागरण अभियान थालिने: कमल थापा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १७, २०७५
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • सुर्खेत, १७ असार ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्राजातान्त्रिक विचारधारा भएका पार्टीहरुबीच अब कहिल्यै नफुट्ने गरी पार्टी एकता हुने बताएका छन्।
  • पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको कर्णाली प्रदेश भेलामा प्रशिक्षण दिन वीरेन्द्रनगर पुगेका अध्यक्ष थापाले नेपालमा बलियो प्रजातान्त्रिक पार्टी स्थापना गर्न समान धारणा भएका पार्टीहरुबीच एकता हुने बताए।

सुर्खेत, १७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्राजातान्त्रिक विचारधारा भएका पार्टीहरुबीच अब कहिल्यै नफुट्ने गरी पार्टी एकता हुने बताएका छन्।

पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको कर्णाली प्रदेश भेलामा प्रशिक्षण दिन वीरेन्द्रनगर पुगेका अध्यक्ष थापाले नेपालमा बलियो प्रजातान्त्रिक पार्टी स्थापना गर्न समान धारणा भएका पार्टीहरुबीच एकता हुने बताए।

‘पार्टी एकताका लागि पहिलो चरणको वैठक भइसकेको छ’ अध्यक्ष थापाले भने, ‘प्रजातान्त्रिक राष्ट्रबादी पार्टी आवश्यक रहेकाले राप्रपाबाट फुटेका समुह, पार्टी, दललाई समाहित हुन आह्वान गर्छु।’ उनले पद र स्वार्थका लागि नभई नितीगत आधार र नफुट्ने संकल्पसहित पार्टी एकीकरण हुने बताए।

‘विगतमा भएका क्रियाकलाप कोट्याउँदै आरोप र प्रत्यारोप गरे तिक्तता बढ्दै जान्छ’ उनले भने, ‘बलियो प्रजातान्त्रिक राष्ट्रवादी पार्टी निर्माणका लागि अब हुने पार्टी एकता विगत जस्तो हुदैन्।’

अर्काे प्रसंगमा थापाले नेपाललाई हिन्दु राष्ट्र कायम गराउन साउन २ गतदेखि राष्ट्रिय जनजागरण अभियान थालिने बताए।उनले हिन्दु राष्ट्रका लागि फाल्गुन ७ गतेदेखि शसक्त निर्णायक जनसंघर्ष गर्ने दोहोर्‍याए।

‘धर्म परिवर्तन अनियन्त्रित रुपमा भइरहेको छ’ उनले भने,‘राष्ट्रिय पहिचान कमजोर बनाउने र धार्मिक तथा सांस्कृतिक एकता माथि खलल पारि धार्मिक द्वन्द्व सृजना हुने आंशकाले राप्रपा धर्म निरपेक्षताको विरुद्ध शसक्त हुन आग्रह गर्छ।’

धर्म परिवर्तनबाट देशमा निम्तिने द्वन्द्व व्यवस्थापनका लागि धार्मिक अतिक्रमण रोक्न उनले माग गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?