इजरेली फौज र हमास समूहबीच भिडन्त
सारांश
- इजरेलले गाजापट्टिमा गरेको एउटा कारबाहीमा हमास विद्रोहीका एक स्थानीय कमाण्डरसहित ६ जना प्यालिस्टिनी मारिएका छन् ।
- विशेष फौजले गरेको कारबाहीका क्रममा आफ्ना एक सैनिकको ज्यान गएको र अर्का घाइते भएको इजरेली सेनाले जनाएको छ ।
- गाजापट्टिको दक्षिणमा पर्ने खान युनिसदेखि पूर्वमा भिडन्त भएको हो ।
इजरेलले गाजापट्टिमा गरेको एउटा कारबाहीमा हमास विद्रोहीका एक स्थानीय कमाण्डरसहित ६ जना प्यालिस्टिनी मारिएका छन् । विशेष फौजले गरेको कारबाहीका क्रममा आफ्ना एक सैनिकको ज्यान गएको र अर्का घाइते भएको इजरेली सेनाले जनाएको छ । गाजापट्टिको दक्षिणमा पर्ने खान युनिसदेखि पूर्वमा भिडन्त भएको हो ।
गाजा क्षेत्रबाट रकेट प्रहार गरिएका चेतावनीयुक्त साइरन दक्षिणी इजरेलमा सुनिएको र प्रहार गरिएका थुप्रै रकेट खसेको बताइएको छ । पहिलो विश्वयुद्ध अन्त्य भएको १ सय वर्ष पुगेको स्मरणमा फ्रान्स पुगेका इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु पछिल्लो यो घटनाका कारण आफ्नो भ्रमण छोट्याएर स्वदेश फर्कदैछन् ।
गाजा क्षेत्रमा वर्चश्व कायम गरेको हमास समूहका प्रवक्ताले इजरेलको आक्रमणलाई कायरतापुर्ण इजरेली आक्रमणको संज्ञा दिएका छन् ।
प्रतिक्रिया