पुत्र वियोगमा परेका प्रचण्डलाई कतारबाट खुलापत्र
सारांश
- ओमप्रकाश बानियाँ दोहा, कतार परदेशमा डिउटी जानु पर्ने बाध्यता हुन्छ।
- त्यही कुरालाई निरन्तरता दिएको मैले आज पुन मोबाईलमा आलाराम बज्यो र जागे।
- बेलुका ढिलो सुतेको भएर बिहान उठ्नलाई केहि अप्ठ्यारो परे पनि आफ्नो परिस्थिति र बाध्यताले गर्दा आफू उठनै पर्ने हुन्छ।
ओमप्रकाश बानियाँ
दोहा, कतार
परदेशमा डिउटी जानु पर्ने बाध्यता हुन्छ। त्यही कुरालाई निरन्तरता दिएको मैले आज पुन मोबाईलमा आलाराम बज्यो र जागे।
बेलुका ढिलो सुतेको भएर बिहान उठ्नलाई केहि अप्ठ्यारो परे पनि आफ्नो परिस्थिति र बाध्यताले गर्दा आफू उठनै पर्ने हुन्छ। सधैं झै म नुहाई-घुवाई गरे र डिउटी जानको लागि तयार भए र छिटो छिटो बसतर्फ लम्के।
रुम बाट बसस चढ्ने ठाँउसम्म पुग्नका लागि २ मिनेट जतिको समय ला । बस स्टेशनमा आए र चौथो नम्बरको सिटमा बसे । मेरो छेउमा बेश राज भट्ट र तिलक कार्की बस्नु भयो । तीन जनाले नै एक आपसमा हामीले आफ्नो हालखबर सोधा सोध गरे।
बीचमा बस्नु हुने भट्टजीले गोजीबाट आफ्नो मोबाईल निकाल्नु भयो। दाहिने पट्टी बस्नु हुने तिलकजी गाडीको सिट मै ढल्किन लाग्नुभयो । मैले पनि गोजी बाट आफ्नो मोबाईल निकाले र डाटा अन गरे। जब म फेसबुकमा छिरे तब अनलाइन मिडियाहरुमा समाचार देखे प्रचण्ड पुत्र प्रकाश दाहालको निधन भनेर। एक पल्ट छागा बाट खसे जस्तो भए। मेरा हात हरु कापे, म निशब्द भए।
विभिन्न अनलाईन मिडियाहरुमा झूठो समाचार आइरहेको हुँदा यो समाचार पनि कतै त्यस्तै होस भन्ने कामना गरे। तर मनमा एक किसिमको उथल-पुथल भयो । फेरि एक मनले सोचे हावा नचली पात हल्लिएन होला भनेर केहि न केहि चै पक्कै भएको छ भनेर। मैले समाचारको डराउदै, भगवानलाई पुकार्दै समाचारको लिङ्क जब खोले र पढे त्यति बेला जे नहुनु पर्ने जे नसुन्नु पर्ने तै पढे र तेहि सुने।
र मैले पुन मोबाइललाई पछाडि सारे र तल झार्दै गए सबैले रिप, श्रद्वाञ्जली दिएको भेटे। सामाजिक संजाल शोकमा डुबेको पाए। बीचमा बस्नु हुने भट्टजीलाई यो दु:खद समाचार सुनाए। उहाँले पहिला पत्याउनु भएन पत्याउनु पनि कसरी यति कम उमेरमा उहाँको निधन हुन्छ भनेर। छेउमा बस्नु भएको तिलकजी पनि हाम्रो गनथन सुनेर जाग्नुभयो।
आफ्नो सन्तानको यसरी अल्पआयु मै निधन भएको समाचार सुन्ने बितिकै आमा सीता दाहाल अचेत अवस्थामा हुनु हुन्छ भन्ने खबर पाए। बुबा प्रचण्ड चुनाव प्रचार प्रसारको लागि झापा गएका बेला यो घटना घटेको रहेछ।
बहुबिबाह र मादक पदार्थ सेवन गरेकोमा कहिले काहिँ सामाजिक संजालमा आलोचित बने पनि उनी मनका धेरै सफा थिए भन्ने कुरा आम मानिसको मुखबाट सुनियो। माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् प्रचण्डका स्वकीय सचिव समेत रहेका उनी बुबाको हरेक कार्यक्रमको रिपोर्टिङका साथै लाईभ प्रसारण गर्थे।
नेताका छोराछोरी विदेशमा बसेर पढ्ने, घुम्ने गरिरहदा लोकतन्त्रको लागि जनयुद्धमा होमिएका एक सिपाहीको निधन हुँदा आज उनको परिवार मात्र दुखी छैन। देश नै रोई रहेको छ । देशले एक असल लोकतन्त्रवादी युवा नेता गुमाएको छ।
अन्त्यमा प्रचण्ड कमरेड तपाईंले आफ्नो पुत्रलाई औपचारिक रुपमा गुमाए पनि अनौपचारिक रुपमा २०५२ सालबाट नै गुमाई सक्नु भएको थियो। जब तपाईले लोकतन्त्र, गणतन्त्रको लागि लड्न सुरु गर्नु भयो त्यतिबेला नै तपाईंले आफ्नो घर परिवार गुमाई सक्नु भएको थियो। त्यसकारण हिम्मत न हार्नु होस् तपाईंलाई ३ करोडले नेपालीले लोकतन्त्रको पिता मानेका छन्। अझै अगाडि बढ्नु होस्। सबै नेपाली तपाईंको साथमा छन्।
प्रतिक्रिया