कञ्चनपुरमा भएको हवाई फायरमा प्रहरी र आन्दोलनकारी गरी १० जना घाइते
सारांश
- काठमाडौं, ७ भदौ ।
- कञ्चनपुरमा किशोरी हत्या प्रकरणमा बिहीबार भएको प्रदर्शनमा प्रदर्शनकारीतर्फ ८ जना र प्रहरीतर्फ दुई जना घाइते भएका छ्न् ।
- घाइतेमध्ये एक जनालाई टाउकोमा चोट लागेकाले उनको अवस्था जटिल रहेको महाकाली अञ्चल अस्पतालका प्रमुख डा.
काठमाडौं, ७ भदौ । कञ्चनपुरमा किशोरी हत्या प्रकरणमा बिहीबार भएको प्रदर्शनमा प्रदर्शनकारीतर्फ ८ जना र प्रहरीतर्फ दुई जना घाइते भएका छ्न् । घाइतेमध्ये एक जनालाई टाउकोमा चोट लागेकाले उनको अवस्था जटिल रहेको महाकाली अञ्चल अस्पतालका प्रमुख डा. हरिकुमार श्रेष्ठले बताए ।
डा. श्रेष्ठका अनुसार घाइतेहरु अधिकांशको खुट्टा र ढाडमा चोट लागेको छ । खुट्टामा गम्भीर चोट लागेका एकजनाको अञ्चल अस्पतालमा उपचार हुन नसकेर रिफर गरेको अस्पतालले जनाएको छ । यसरी रिफर हुनेमा अर्जुन भण्डारी रहेका छन् ।
डा. श्रेष्ठले घाइतेहरुलाई गोली लागेको हो होइन भन्ने कुरा पुष्टि भैनसकेको बताए । उनले केही घाइतेहरु सामान्य उपचारपछि घर फर्किए पनि घाइते भएकाहरुलाई गोली लागेको बारे एकिन भैनसकेको बताए । ‘घाइते अधिकांशको एक्सरे रिपोर्ट आउन बाँकी रहेकाले यसै भन्न सक्ने अवस्था छैन’ डा. श्रेष्ठले भने । यद्यपि प्रदर्शनकारीले भने गाेली चलाइएकाे दाबी गरेका छन् ।
गत साउन ११ गते कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि पक्राउ परेका व्यक्ति निर्दोश भएको भन्दै स्थानीयले गत चारदिनदेखि आन्दोलन चर्काउदै आएका छन् ।
प्रतिक्रिया