वैदेशिक रोजगारीमा ठगी रोकिएन, अनलाइन प्रणालीमै पनि यसरी ठग्न थालियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ७, २०७६
|
|
२५ पटक हेरिएको
Shares
वैदेशिक रोजगारीमा ठगी रोकिएन, अनलाइन प्रणालीमै पनि यसरी ठग्न थालियो

सारांश

  • नेपाली युवालाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता एकातिर छ भने त्यसका लागि पूरा गर्नुपर्ने प्रक्रियाका क्रममा ठगिनुपर्ने विवशता अर्कोरित ।
  • सरकारले असोज १५ देखि अनलाइन प्रणालीबाट सेवा सुरु गरेपछि पनि ठगि रोकिएको छैन ।
  • काठमाडौको ताहाचल अनलाईन फम भर्ने ठाउँमा सेवाग्राहीहरु नयाँ ढंगबाट ठगीमा परेको पाईछ ।

नेपाली युवालाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता एकातिर छ भने त्यसका लागि पूरा गर्नुपर्ने प्रक्रियाका क्रममा ठगिनुपर्ने विवशता अर्कोरित । सरकारले असोज १५ देखि अनलाइन प्रणालीबाट सेवा सुरु गरेपछि पनि ठगि रोकिएको छैन । काठमाडौको ताहाचल अनलाईन फम भर्ने ठाउँमा सेवाग्राहीहरु नयाँ ढंगबाट ठगीमा परेको पाईछ । वैदेशिक रोजगारीमा जाने युवाहरुका लागि बिभिन्न प्रयासहरु थपियाता पनि कतैन कतैबाट सेवाग्राही समस्यामा परेका छन् । बैदेशिक रोजगारमा जानेहरुको लागि गत असोज १५ देखि सरकारले अनलाइन प्रणालीबाट सेवा सुरु गरेको थियो । काठमाडौको ताहाचल अनलाईन फम भर्ने ठाउँमा सेवाग्राहीहरु नयाँ ढंगबाट ठगीमा परेको पाईछ ।

ताहाचलस्थित अनलाइन फर्म भर्ने ठाउँमा पुग्दा विदेश जाने प्रक्रिया पूरा गर्न गएका युवाहरु विभिन्न बहानामा ठगिने गरेको पाइयो । अनलाइन सर्भिस सेवा, फारम भर्ने, बिमा गर्ने, लगायत ठाउँमा पुग्दा एजेन्टहरुको विगविगि थियो । विभिन्न झन्झटबाट मुक्त हुने भएकाले सेवग्राहीहरु जानजान ठगिन तयार देखिन्थे । कतिपय कामदारहरुलाई एजेन्टले पैसा तिरेको रसिद नै दिँदैनन् । सेवाग्राही पनि काम भए हुन्थ्यो भन्ने मनसायले किन र केका लागि पैसा तिरेँ भन्नेतिर ध्यान दिँदैनथे ।

श्रम स्वीकृतमा लाग्ने ४ हजार ९ सय राजश्व १५ सय हो । तर फर्म भर्ने ठाउँमा ८ हजार रुपैयाँ तिर्नुपर्छ । तर किन धेरै पैसा तिर्नुपर्यो भन्ने सेवाग्राहीलाई थाहा छैन । न त कार्यालयका कर्मचारीले नै जानकारी दिन्छन् । सेवा लिन गएका सेवाग्राहीलाई कर्मचारीले गर्ने व्यवहार पनि राम्रो छैन ।

यता वैदेशिक रोजगार ताहाचल कार्यालयका निर्देशक देबेन्द्र कार्कीले पनि समस्या भएको स्वीकार गरे । उनले सेवा प्रवाह कस्तो भइरहेको छ भनेर अनुगमन गर्ने औपचारिका जवाफ दिनुबाहेक अरु केही भनेनन् ।

वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम असुलेर फरार हुने, रकम असुल गरी विदेश नपठाउने, राहदानी नियन्त्रणमा लिएर राख्नेलगायतका अवैध काम गर्ने्िवरुद्ध उजुरी परे पनि त्यस्ता म्यानपावर कम्पनी तथा एजेन्टविरुद्ध कारबाही भने हुन सकेको छैन ।

प्रायःजसो कामअनुसार तलब नदिने, एउटा काम देखाएर अर्कैमा पठाउने म्यानपावर कम्पनी तथा व्यक्तिविरुद्ध हजारौँ उजुरी पर्ने गरेका छन् । म्यानपावर व्यवसायी वा एजेन्टबाट अवैध काम भइरहे पनि वैदेशिक रोजगार विभागले नगण्य रुपमा कानुनी कारबाही गरेको पाइन्छ ।

(Modafinil Smart Drug)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?