२५८५ मत गणना गर्न बाँकी रहँदा चण्डेश्वर श्रेष्ठ ७० मतले अगाडि
सारांश
- काठमाडौ।
- नेपाल बार एशोसिएशनको अगामी नेतृत्वको लागि भइरहेको मतगणना अन्तिम चरणमा पुगेको छ।
- बुधबार अबेर राति सम्पन्न गणना बमोजिम प्रगतिशील, पेसागत तथा समावेशी समूहबाट अध्यक्ष पदका प्रत्याशी चण्डेश्वर श्रेष्ठ ७० मतले अग्रता लिएका छन्।
काठमाडौ। नेपाल बार एशोसिएशनको अगामी नेतृत्वको लागि भइरहेको मतगणना अन्तिम चरणमा पुगेको छ। बुधबार अबेर राति सम्पन्न गणना बमोजिम प्रगतिशील, पेसागत तथा समावेशी समूहबाट अध्यक्ष पदका प्रत्याशी चण्डेश्वर श्रेष्ठ ७० मतले अग्रता लिएका छन्।
वृहत्त लोकतान्त्रिक समूहका प्रत्याशी सुनील पोखरेल मंगलबारको गणना सकिदा श्रेष्ठभन्दा ७८ मतले अगाडि रहेका थिए। बुधबार काठमाडौंको गणना सुरु हुँदा पोखरेललाई श्रेष्ठले उछिनेका छन्।
त्यसैगरी महासचिव पदमा भने वृहत्त लोकतान्त्रिक समूहका लीलामणि पौडेलले अग्रता लिएका छन्। उनको दुई हजार ४५४ मत छ। प्रतिद्वन्दी प्रगतिशील, पेसागत तथा समावेशी समूहका सुरेन्द्र बहादुर थापाले दुई हजार ३१४ मत प्राप्त गर्नुभएको छ । महासचिव पदकै स्वतन्त्र उम्मेदवार डाक्टर रामहरि त्रिपाठीको ८९ मत छ।
नेपाल बार एशोसिएशनको निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत दामोदर खडकाले बिहिबार बेलुकी मतगणना सकिने बताए। उनले काठमाडौं जिल्ला अदालत र बार एशोसिएशन परिसर गरी दुई स्थलको छवटा मतपेटिकाको दुई हजार ५८५ मत गणना गर्न बाँकी रहेको बताए।
नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वको लागि चैत १६ गते मतदान भएको थियो। ११ पदाधिकारीसहित २५ सदस्यीय समितिको लागि ६३ जनाले उम्मेदवारी दिएका छन्।
| Virus-free. www.avast.com |
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया