सिक्किममा मुख्यमन्त्री गोलेले नेपालीमा सपथ लिए

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १५, २०७६
|
|
५४ पटक हेरिएको
Shares
सिक्किममा मुख्यमन्त्री गोलेले नेपालीमा सपथ लिए

सारांश

  • पवन चाम्लिङको २५ वर्षे शासनलाई उल्टाएका सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का अध्यक्ष प्रेमसिंह तामाङले सोमबार सिक्किमको मुख्यमन्त्रीको सपथ लिएका छन् ।
  • सिक्किममा पिएएस गोलेको नामले प्रख्यात तामाङले राज्यपाल गंगाप्रसादबाट सपथ लिएका हुन् ।
  • अध्यक्ष तामाङले नेपाली भाषामा सपथ लिएका थिए ।

पवन चाम्लिङको २५ वर्षे शासनलाई उल्टाएका सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का अध्यक्ष प्रेमसिंह तामाङले सोमबार सिक्किमको मुख्यमन्त्रीको सपथ लिएका छन् । सिक्किममा पिएएस गोलेको नामले प्रख्यात तामाङले राज्यपाल गंगाप्रसादबाट सपथ लिएका हुन् । अध्यक्ष तामाङले नेपाली भाषामा सपथ लिएका थिए । उनका साथमा ११ जना विधायकले सपथ लिएका छन् । शनिबार उनी एसकेएम विद्यायक दलका नेता चुनिएका थिए । हज्जारौं समर्थकहरुका बीच पलजोर रंगशालामा उनले नेपाली भाषामा सपथ लिएका थिए । नेपाली भाषामा सपथ लिइरहँदा ५१ वर्षीय तामाङको उत्साह हेर्न लायक थियो ।

सन् २०१३ मा गठन भएको एसकेएमले ३२ सदस्यीय सिक्किम विधानसभामा १७ सिट जितेको छ । पूर्वमुख्मन्त्री पवन चाम्लिङको दल सिक्किम डेमोक्रेटिक फ्रन्टले भने १५ सिट जितेको छ । २४ वर्षदेखि नेतृत्व गर्दै आएको चाम्लिङ सरकारलाई एसकेएमले धक्का दिएको छ । तामाङसँगै ११ मन्त्रीहरुले सपथ लिइरहँदा हलमा खचाखच समर्थक र सर्वसाधारणहरु निकै उत्साहित देखिन्थे ।

मन्त्रीको रुपमा सपथ लिने ११ जनामा कुंगा निमा लेप्चा, सोनम लामा, बेदुसिंह पन्थ, डा.मणिकुमार शर्मा, अरुणकुमार उप्रेती, सन्दुप लेप्चा, लोकनभाथ शर्मा, मिङ्मा नोर्बु शेर्पा, कर्मा लोडय भुटिया, भीम हैंग लिम्बु र सञ्जित खरेल रहेका छन् । तामाङको मन्त्रीमण्डलमा कोही महिला प्रतिनिधि छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्याक्डोनल्ड्सका प्रमुख कार्यकारी कर्मचारीसँग ’डेटिङ’ गएपछि बर्खास्त
म्याक्डोनल्ड्सका प्रमुख कार्यकारी कर्मचारीसँग ’डेटिङ’ गएपछि बर्खास्त
सुन काण्डमा अनुसन्धान गर्नका लागि एसपी थापाको नेतृत्वमा टोली गठन
तमोर नदीको मोटरेबल पुल निर्माणले गति लियो
तमोर नदीको मोटरेबल पुल निर्माणले गति लियो
श्रीमानले धेरै माया गरेपछि श्रीमती हैरान ! कहिल्यै झगडा नगरेपछि सम्बन्ध विच्छेद
श्रीमानले धेरै माया गरेपछि श्रीमती हैरान ! कहिल्यै झगडा नगरेपछि सम्बन्ध विच्छेद
बेलायतबाट आदिम थलो खोज्दै क्होलासोंथर
बेलायतबाट आदिम थलो खोज्दै क्होलासोंथर
साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन
साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन
शरणार्थी प्रकरणमा दोषी उम्किन र निर्दोष फस्न हुँदैन : ओली
शरणार्थी प्रकरणमा दोषी उम्किन र निर्दोष फस्न हुँदैन : ओली
शिव गाउँलेलाई पितृ र रामेश्वर कार्कीलाई पुत्रशोक
शिव गाउँलेलाई पितृ र रामेश्वर कार्कीलाई पुत्रशोक
विष्णु पौडेललाई अर्थमन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी, प्रचण्डको पनि समर्थन !
विष्णु पौडेललाई अर्थमन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी, प्रचण्डको पनि समर्थन !
‘अग्र्यानिक गोदक’ को औपचारिक शुभारम्भ
‘अग्र्यानिक गोदक’ को औपचारिक शुभारम्भ