शिव गाउँलेलाई पितृ र रामेश्वर कार्कीलाई पुत्रशोक

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १४, २०७३
|
|
३५० पटक हेरिएको
Shares
शिव गाउँलेलाई पितृ र रामेश्वर कार्कीलाई पुत्रशोक

सारांश

  • प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं अर्थतन्त्र अनलाइनका प्रधान सम्पादक रामेश्वर कार्कीलाई पुत्र शोक परेको छ ।
  • शुक्रबार बेलुका धादिङबाट काठमाडौं फर्किने क्रममा काठमाडौं बाफलमा बाटो काट्ने क्रममा कार्कीकी श्रीमति सुभद्रालाई टिप्परले ठक्कर दिएको थियो ।
  • टिप्परको ठक्करपछि सुभद्राले काखमा बोकेको १० महिनाको छोरा सुलभ भुईंमा पछारिएका थिए ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं अर्थतन्त्र अनलाइनका प्रधान सम्पादक रामेश्वर कार्कीलाई पुत्र शोक परेको छ ।

शुक्रबार बेलुका धादिङबाट काठमाडौं फर्किने क्रममा काठमाडौं बाफलमा बाटो काट्ने क्रममा कार्कीकी श्रीमति सुभद्रालाई टिप्परले ठक्कर दिएको थियो । टिप्परको ठक्करपछि सुभद्राले काखमा बोकेको १० महिनाको छोरा सुलभ भुईंमा पछारिएका थिए ।


शुलभको उपचारको क्रममा अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा शनिवार बिहान निधन भएको थियो । अम्बिकाको उपचार जारी छ । ठक्कर दिने बा ३ ख ३००६ नम्बरको टि्रपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेलाई पितृ शोक परेको छ । गाउँलेका बुवा देवीप्रसाद कोइरालाको सुमेरु अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?