३०० करोड क्लबबाट बाहिरीँदै सलमान

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ १२, २०७५
|
|
२८ पटक हेरिएको
Shares
३०० करोड क्लबबाट बाहिरीँदै सलमान

सारांश

  • मुम्बई, १२ जेठ ।
  • सलमान खान अभिनित चलचित्र ‘रेस ३’ ईदमा रिलीज गर्न सबै तयारी पूरा भैसकेको छ ।
  • फिल्मको ट्रेलरपछि गितहरु पनि धमाधम रिलीज हुँदै छन् ।

मुम्बई, १२ जेठ । सलमान खान अभिनित चलचित्र ‘रेस ३’ ईदमा रिलीज गर्न सबै तयारी पूरा भैसकेको छ ।

फिल्मको ट्रेलरपछि गितहरु पनि धमाधम रिलीज हुँदै छन् । तर फिल्मलाई लिएर अझै क्रेज बढेको छैन । हालको अवस्था अनुसार फिल्म ३०० करोड क्लबमा पुग्न मुस्कील रहेको प्रक्षपण गरिएको छ ।
फिल्मको ट्रेलर रिलीज हुँदादेखि नै मजाक मात्र बनाईएको छ । फिल्मको डाइलग देखि, एक्सन सिन सबै सामाजिक सञ्जालमा ट्रोल भैरहेका छन् । जुन सलमानका पछिल्ला कुनैपनि फिल्ममा भएको थिएन । यहाँ सम्म कि फ्लप भएको ट्युवलाईटको ट्रेलरको समेत निकै तारिफ भएको थियो ।

ईद र सलमान खान भएका कारण फिल्मले ग्रयाण्ड आपनिङ गरेपनि तत्पश्चात पनि दर्शक तान्न सक्ने फिल्मको क्षमतामा भने शंका गरिएको छ । कहीँ न कहीँ यसको पछाडि फिल्मका निर्देशक र कास्ट दुवै फेरीनु पनि हो ।

(Ultram)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?