साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १९, २०७९
|
|
३३ पटक हेरिएको
Shares
साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ।
  • बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेपछि कक्षा ११ पढाई हुने अधिकांश विद्यालयले एक साताभित्र विद्यार्थी भर्ना गर्ने गरी आवेदन आह्वान गरेपछि बोर्डले सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ। बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेपछि कक्षा ११ पढाई हुने अधिकांश विद्यालयले एक साताभित्र विद्यार्थी भर्ना गर्ने गरी आवेदन आह्वान गरेपछि बोर्डले सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।

शैक्षिकसत्र २०७९/०८० का लागि कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सम्बन्धमा विभिन्न विद्यालय÷क्याम्पसले फरकफरक भर्ना तालिका तय गरी छोटो समयको मात्र म्याद राखी सूचना प्रकाशित गरेको हुँदा देशका दुर्गम क्षेत्रका विद्यार्थीले भर्नाका लागि आवेदन दिने अवसरबाट समेत वञ्चित हुने अवस्था देखिएकाले देशभरका सबै विद्यालयलाई एसइईको नतिजा सार्वजनिक भएको कम्तीमा १५ दिनसम्म आवेदन दिन सक्नेगरी भर्नाको व्यवस्था गर्न निर्देशन दिएको छ।

बोर्डले साउन मसान्तसम्म विद्यार्थी भर्ना लिने व्यवस्था मिलाउन सम्बन्धित सबै विद्यालय एवं क्याम्पसलाई निर्देशन दिँदै बोर्डले स्थानीय तहलाई समेत आफ्नो पालिकाअन्तर्गतका विद्यालयमा समन्वय र सहजीकरण गरी विद्यार्थी भर्ना एवं कक्षा सञ्चालनको व्यवस्था गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक दशकपछि घरेलु मैदानमा भएको खेलमा पाकिस्तानको दमदार जित
एक दशकपछि घरेलु मैदानमा भएको खेलमा पाकिस्तानको दमदार जित
सीके राउतलाई पाँचाैपटक म्याद थप
सीके राउतलाई पाँचाैपटक म्याद थप
दिसा–पिसाबले च्यापे कहाँ जाने ? सार्वजानिक शौचालय छैन’
दिसा–पिसाबले च्यापे कहाँ जाने ? सार्वजानिक शौचालय छैन’
चौथो राष्ट्रिय पोल्ट्री दिवस को तयारी तीव्र, विविध कार्यक्रम गरी मनाइदै।
चौथो राष्ट्रिय पोल्ट्री दिवस को तयारी तीव्र, विविध कार्यक्रम गरी मनाइदै।
गोरखा स्कूल तुलसीपुरमा इन्ट्रयाक्ट क्लव पुनर्गठन
गोरखा स्कूल तुलसीपुरमा इन्ट्रयाक्ट क्लव पुनर्गठन
श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग
श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग
नेपाली मन जसले मान्छेलाई मृत्युको मुखबाट फर्काउँछ
नेपाली मन जसले मान्छेलाई मृत्युको मुखबाट फर्काउँछ
कांग्रेससहितका दललाई समेटेर भोलिसम्म मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी
कांग्रेससहितका दललाई समेटेर भोलिसम्म मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी
मन्त्री देबेन्द्र दाहालको आतिथ्यमा अटोमोटिभ व्यवसाय सुधारको लागी NABA को पहिलो साधारण सभा भोलि सम्पन्न हुँदै ।
मन्त्री देबेन्द्र दाहालको आतिथ्यमा अटोमोटिभ व्यवसाय सुधारको लागी NABA को पहिलो साधारण सभा भोलि सम्पन्न हुँदै ।
बलिउड अभिनेत्री सुस्मिता सेन विवाह गर्दै
बलिउड अभिनेत्री सुस्मिता सेन विवाह गर्दै

तपाईंले छुटाउनुभयो कि?