यी हुन् बलिउडमा सबैभन्दा लामो समय हलमा चलेका १० फिल्म
सारांश
- बलिउडमा केही यस्ता फिल्महरु छन् ती हलमा बर्षौसम्म चलेर रेकर्ड राख्न सफल भएका छन् ।
- लामो समय हलमा चलेका फिल्ममध्ये मोहब्बतें १ वर्षसम्म र शोले ५ वर्षसम्म हलबाट उत्रिएनन् ।
- १०.
बलिउडमा केही यस्ता फिल्महरु छन् ती हलमा बर्षौसम्म चलेर रेकर्ड राख्न सफल भएका छन् । लामो समय हलमा चलेका फिल्ममध्ये मोहब्बतें १ वर्षसम्म र शोले ५ वर्षसम्म हलबाट उत्रिएनन् ।
१०. मोहब्बतें
आदित्य चोपडाको निर्देशन रहेको मोहब्बते यस्तो फिल्म हो जसमा बलिउडका दुई हस्ती अभिताभ बच्चन र शाहरुख खानले एकसाथ अभिनय गरेका थिए । २७ अक्टोबर २००० मा प्रदर्शन भएको यो फिल्म १ वर्षसम्म हलमा चलेको थियो । यो फिल्मका सबै गीत हिट भएका थिए । अभिताभ र शाहरुख बाहेक ऐश्वर्य राय, जिमी शेरगिल, उदय चोपडा, जुगल हंसराज, प्रिती झिंजियानी लगायतले मोहब्बतेमा अभिनय गरेका थिए । १९ करोड भारुमा बनेको यो फिल्मले त्यतिबेला करिब ७० करोड भारुको व्यापार गरेको थियो ।
९. कहो न प्यार है
१४ जनवरी २००० मा प्रदर्शन भएको कहो न प्यार है पनि बलिउडमा १ वर्षसम्म चलेको फिल्म हो । राकेश रोशन निर्देशित यो फिल्मबाट ऋतिक रोशन र अमीषा पटेलले डेब्यू गरेका थिए । लभस्टोरी जन्राको यो फिल्मबाट ऋतिक रातारात चर्चित बनेका थिए । फिल्मका गीतहरुले त्यतिबेला तहल्कै मच्चाएका थिए । यो फिल्मबाट ऋतिकले त्यस भएका अवार्ड कार्यक्रमहरुम अलग अलग क्याटोगरीमा १०२ वटा अवार्ड जितेका थिए । १० करोड भारुमा निर्मित कहो न प्यार है ले ६२ भारुको बिजनेस गरेको थियो ।
८. राजा हिन्दुस्तानी
१५ नोभेम्बर १९९६ मा प्रदर्शन भएको राजा हिन्दुस्तानी पनि बलिउडमा लामो समयसम्म चलेको फिल्म हो । यो फिल्म पनि एक वर्षसम्म हलमा चलेको थियो । आमिर खान र करिष्मा कपुर अभिनित यो फिल्मले गरिब युवक र धनी युवती बीचको प्रेमसम्बन्धलाई प्रस्तुत गरेको थिया । यो फिल्मका गीतहरु पनि निकै चर्चित बनेका थिए । रिलिज भएपछि अर्को वर्षसम्म पनि यो फिल्म हलहरुमा चलेको थियो ।
७. हम आपके है कौन
हम आपके है कौन पनि करिब १ वर्षसम्म हलहरुमा चलेको बलिउड फिल्म हो । सलमान खान र माधुरी दिक्षित अभिनित यो फिल्मलाई सुरज बडजात्याले निर्देशन गरेका थिए । ५ अगष्ट १९९४ मा प्रदर्शन भएको यो फिल्म १०० करोड भारुको व्यापार गर्ने पहिलो फिल्म मानिन्छ । नदिया के पारको रिमेकको रुपमा बनेको यो फिल्मले भारतीय विवाह संस्कारको बारेका दुनियाँलाई जानकारी गराएको विश्वास गरिन्छ ।
६. मैने प्यार किया
सलमान अभिनित मैने प्यार किला पनि भारतमा लामो समय चल्ने फिल्मको इतिहास बनाउने फिल्म हो । यो फिल्म पनि १ वर्षसमम हलमा चलेको थियो । २९ डिसेम्बर १९८९ मा प्रदर्शन भएको यो फिल्ममा फिचर गरिएको प्रेमकथालाई बलिउडकै आदर्श प्रेमकथा मानिन्छ । यही फिल्मबाट सलमान खानको सुपरस्टार बन्ने बाटो तय भएको थियो । २ करोड भारुमा निर्माण भएको मैने प्यार कियाले करिब १४ करोड भारु कमाएको थियो । फिल्मका गीतहरु निकै लोकप्रिय बनेका थिए ।
५. बरसात
बरसात पनि लामो समय चलेको बलिउड फिल्म हो । यो फिल्म २१ अप्रिल १९४९ मा प्रदर्शन भएको थियो । १ वर्षसम्म हलमा चलेको यो फिल्मबाट शंकर जयकिशनको जोडी संगीतकारको रुपमा बलिउडमा प्रवेश गरेको थियो । राज कपुर र नरगिस अभिनित फिल्म सांगीतिकरुपमा पनि ब्लकबष्टर फिल्म हो । यो फिल्मको लेखक रामानन्द सागर थिए । रामानन्दले चर्चित धार्मिक सिरियल महाभारत बनाएका थिए ।
४. किस्मत
१९९४ मा प्रदर्शन भएको किस्मत ३ वर्षसम्म हलमा चलेको बलिउड फिल्म हो । लेखक निर्देशक ज्ञान मुखर्जीको यो फिल्म भारतको पहिलो ब्लकबष्टर फिल्म मानिन्छ । प्रदर्शन भएको मितिदेखि ४ वर्षसम्म यो फिल्म कोलकाताको रोक्सी सिनेमा घरमा चलेको थियो । अशोक कुमार र मुमताज अभिनित फिल्मले प्रदर्शन भएको ३२ वर्ष पछिसम्म पनि सबैभन्दा लामो समय हलमा चल्ने फिल्मको कीर्तिमान कायमै राखेको थियो ।
३. मुगल ए आजम
मुगल ए आज ३ वर्षसम्म हलमा चलेको फिल्म हो । ५ अगष्ट १९६० मा प्रदर्शन भएको यो फिल्ममा सलिम र अनारकलीको दुखद प्रेमकथा देखाइएको थियो । दिलिप कुमार, मधुबाला र पृथ्वीराज कपुरको जबरजस्त अभिनय यो फिल्मा रहेको थियो । भव्य सेट लगाएर निर्माण गरिएको यो फिल्म त्यतिबेलाको सर्वाधिक लगानीमा निर्मित फिल्म थियो ।
२. शोले
शोलेले बलिउडमा थुप्रै कीर्तिमान कायम राखेको छ । १५ अगष्ट १९७५ मा प्रदर्शन भएको शोल ५ वर्षसम्म हलमा चलेको फिल्म हो । रमेश सिप्पी निर्देशित बलिउडको सबैभन्दा ठूलो ब्लकबष्टर फिल्म हो । शोलको जादु बच्चादेखि बृद्धबृद्धासम्म चलेको थियो । मुम्बईको मिनर्वा हलमा यो फिल्म २८६ हप्तासम्म निरन्तर चलेको थियो । फिल्ममा अभिताभ बच्चन, धर्मेन्द, संजीव कुमार, हेमा मालिनी, जया भादुडी र अमजद खानले अभिनय गरेका थिए । यी बलिउड स्टारले निभाएको जय, वीरु, ठाकुर, बसन्ती र गब्बर सिंहको भूमिकालाई अहिले पनि स्मरण गर्ने उत्तिकै छन् ।

१.दिलवाले दुल्हनिया ले जाएंगे
शाहरुख खान र काजोल अभिनिय दिलवाले दुल्हनिया ले जाएंगे यस्तो फिल्म हो जुन प्रदर्शन भएको मितिदेखि अहिलेसम्म निरन्तर चलिरहेको छ । २० अक्टोबर १९९५ मा यो फिल्म प्रदर्शन भएको थियो । यो फिल्म २३ वर्षदेखि मुम्बईको मराठा हलमा प्रदर्शन भइरहेको छ । अहिले पनि उक्त हलमा हरेक साँझको एउटा शोमा दिलवाले दुल्हनिया ले जाएंगे देखाइन्छ । शाहरुख खान र काजोल यही फिल्मबाट सुपरहिट जोडिको रुपमा उदाएका थिए ।
प्रतिक्रिया