नुवाकोटमा ११५ वर्षीया वृद्धाबाट मतदान

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
२५ पटक हेरिएको
Shares
नुवाकोटमा ११५ वर्षीया वृद्धाबाट मतदान

सारांश

  • १० मंसिर, नुवाकोट ।
  • प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा नुवाकोटको ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली लामिछानेले मतदान गरेकिछन् ।
  • ककनी गाँउपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय आधारभूत विद्यालय मतदान केन्द्रबाट लामिछानेले आज अपराह्न मतदान गरेकि हुन्।

१० मंसिर, नुवाकोट । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा नुवाकोटको ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली लामिछानेले मतदान गरेकिछन् ।

ककनी गाँउपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय आधारभूत विद्यालय मतदान केन्द्रबाट लामिछानेले आज अपराह्न मतदान गरेकि हुन्। उनले छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गर्नुभएको मतदान अधिकृत अर्जुन लामाले जानकारी दिए ।

विसं १९५९ साल चैत १० गते जन्मनुभएका लामिछानेले मत दिएपछि मुलुकमा शान्ति, समृद्धि र सबैले सुख पाउने आशा गरेको बताए ।

यस्तै सूर्यगढी गाउँपलिका-३ का १०१ वर्षका अनन्तप्रसाद अधिकारीले पनि अाइतबार भएको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सहभागी भएका छन् । नाती समुन्द्रबाबुको सहयोगमा बागेश्वरी मावि मतदान केन्द्रबाट अधिकारीले मत दिएको मतदान अधिृकत शम्भुप्रसाद चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?