राष्ट्रपति र राजपाका नेताहरुबिच छलफल, अध्यादेशका लागि दलीय सहमति नचाहिने नेताहरुको सुझाब
सारांश
- ११ पुस, काठमाण्डौ ।
- राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परामर्शद्धारा जारी राखेकी छिन् ।
- राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशका बारेमा दलहरुबिच विवाद भएपछि राष्ट्रपतिले दलहरुसँगको परामर्शलाई तिब्रता दिएकी हुन् ।
११ पुस, काठमाण्डौ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परामर्शद्धारा जारी राखेकी छिन् । राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशका बारेमा दलहरुबिच विवाद भएपछि राष्ट्रपतिले दलहरुसँगको परामर्शलाई तिब्रता दिएकी हुन् ।
राष्ट्रपति भण्डारीले मंगलबार राष्ट्रिय जनता पार्टीका नेताहरुसँग परामर्श लिएकी छिन् । राष्ट्रपतिसँगको छलफलमा राजपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो र रजाकिशोर यादव सहभागि थिए ।
भेटका क्रममा राष्ट्रपतिले दलीय सहमति बिना अध्यादेश जारी गर्न नसकिने अवस्था रहेको सुनाएकी थिइन् । तर राजपाका नेताहरुले भने अध्यादेशमा सहमति आवश्यक नरहेको बताएका थिए ।
राष्ट्रपतिले पाँचवटा राष्ट्रिय दलका नेताहरुसँग अध्यादेशबारे निरन्तर छलफल गर्दै आएकी छिन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया