मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
सारांश
- काठमाडौं २०,जेठ।
- मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल २–० ले पराजित भएको छ ।
- बुकिट जलिलस्थित राष्ट्रिय रंगशालामा आईतबार साँझ भएको खेलको पहिलो हाफ बराबरीमा रोके पनि नेपाल ले दोश्रो हाफमा दुुई गोल ले पछी पर्दै खेल २-० ले गुमाउन पुग्यो ।
काठमाडौं २०,जेठ। मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल २–० ले पराजित भएको छ । बुकिट जलिलस्थित राष्ट्रिय रंगशालामा आईतबार साँझ भएको खेलको पहिलो हाफ बराबरीमा रोके पनि नेपाल ले दोश्रो हाफमा दुुई गोल ले पछी पर्दै खेल २-० ले गुमाउन पुग्यो ।
औ मिनेटमा डिफेन्डर अनन्त तामाङले वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका अख्यर रसिदलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पाएको अवसरलाई रसिदले गोलमा परिणत गर्दै मलेसियालाई अग्रता दिलाएका थिए । ८२ औं मिनेटमा मलेसियाले अग्रता दोब्बर बनायो ।
खेलको ६४ औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गर्दै अभिषेक रिजालले राष्ट्रिय टोलीबाट डेब्यु गरे ।
नेपालले अब बिहीबार हुने मैत्रीपूर्ण खेलमा चाइनिज ताइपेईको सामना गर्नेछ । कालिन मुख्य प्रशिक्षक भएर आएपछि नेपाल यसअघि कुवेतसँग २ मैत्रीपुर्ण खेलमा एक बराबरी र एकमा हार व्यहोरेको थियो ।
प्रतिक्रिया