सर्वोच्च र उच्च अदालतका लागि १२ न्यायाधीश सिफारिस

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ६, २०८०
|
|
१८ पटक हेरिएको
Shares
सर्वोच्च र उच्च अदालतका लागि १२ न्यायाधीश सिफारिस

सारांश

  • काठमाडौं।
  • सर्वोच्च अदालत र उच्च अदालतको न्यायाधीशका लागि १२ जनाको नाम सिफारिस गरिएको छ।
  • प्रधानन्यायाधीश एवम् न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठ अध्यक्षतमा मंगलबार बसेको परिषद्को बैठको सर्वोच्च अदालतमा ६ जना न्यायाधीश र उच्च अदालतका लागि ६ जना मुख्य न्यायाधीशको नाम सिफारिस गरेको हो।

काठमाडौं। सर्वोच्च अदालत र उच्च अदालतको न्यायाधीशका लागि १२ जनाको नाम सिफारिस गरिएको छ। प्रधानन्यायाधीश एवम् न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठ अध्यक्षतमा मंगलबार बसेको परिषद्को बैठको सर्वोच्च अदालतमा ६ जना न्यायाधीश र उच्च अदालतका लागि ६ जना मुख्य न्यायाधीशको नाम सिफारिस गरेको हो।

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका ४ जना उच्च अदालतका न्यायाधीश रहेका छन् भने २ जना कानुन व्यवसायीको तर्फबाट सिफारिस भएका छन्। कानुन व्यवसायीबाट बालकृष्ण ढकाल र सुनिल पोखरेलको नाम सिफारिस गरिएको छ। उच्च अदालतका न्यायाधीशबाट सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान सिफारिस भएका छन्।

यस्तै उच्च अदालतको मुख्य न्यायाधीशमा लोहितचन्द्र शाह, माधव पोखरेल, रमेश राजभण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्तिसिंह थापालाई उच्च अदालतको मुख्य न्यायाधीशका लागि सिफारिस गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?