कांग्रेश शिर्ष नेता काण्डै काण्डमा फस्दा टेन्सनमा देउबा, सिटौला र गच्छदार

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ४, २०७६
|
|
३२ पटक हेरिएको
Shares
कांग्रेश शिर्ष नेता काण्डै काण्डमा फस्दा टेन्सनमा देउबा, सिटौला र गच्छदार

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको नाम अहिले विभिन्न काण्डमा मुछिन थालेको छ ।
  • बालुवाटारको ललिता निवास जग्गा प्रकरण, रौतहटमा जिउँदै मान्छे जलाएर ईट्टा भट्टामा हालेको काण्ड र वाईडबडी खरिद घोटाला प्रकरणमा उनीहरुको नाम मुछिएपछि अहिले पार्टी्भित्र पनि तरंग पैदा भएको छ ।
  • बालुवाटार जग्गा प्रकरणमा वर्तमान उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारको नाम मुछिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको नाम अहिले विभिन्न काण्डमा मुछिन थालेको छ । बालुवाटारको ललिता निवास जग्गा प्रकरण, रौतहटमा जिउँदै मान्छे जलाएर ईट्टा भट्टामा हालेको काण्ड र वाईडबडी खरिद घोटाला प्रकरणमा उनीहरुको नाम मुछिएपछि अहिले पार्टी्भित्र पनि तरंग पैदा भएको छ ।

बालुवाटार जग्गा प्रकरणमा वर्तमान उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारको नाम मुछिएको छ । स्रोतकाअनुसार यो प्रकरणमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगले उनलाई पत्राचार गरेर बयानको लागि डाकेको छ । तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारको पालामा गच्छदार भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए । सोही बेला बालुवाटार जग्गा प्रकरण घटेको र यसमा उनको संलग्नता रहेको अख्यितारको निश्कर्ष छ ।

त्यही भएर उनलाई बयानको लागि अख्तियारले अहिले पत्राचार गरिसकेको छ । पूर्व अख्तियार प्रमुख दिप बस्न्यात त्यतिवेला भौतिक मन्त्रालयका सचिव थिए । सोही प्रकरणमा उनको नाम मुछिएपछि अख्तियारले बस्नेतलाई बोलाएर बयान लिईसकेको छ । बस्नेतको बयानकै आधारमा गच्छदारलाई पनि बयानको लागि अख्तियारले पत्राचार गरेको हो भन्ने पनि स्रोतको दाबी छ ।

उता, रौतहटमा २७ चैत २०६४ मा भएको बम बिष्फोटका घाईतेहरुलाई जिउँदै ईटा भट्टामा हालिएको थियो । सोही प्रकरणमा कांग्रेस मोहम्मद अफताव आलम अहिले पक्राउ परेका छन् । त्यतिवेलाको चुनावमा मोहम्मद अफताव आलमको चुनावी प्रायोजनका लागि आफन्तको घरमा जम्मा गरिएको बम बिष्फोटमा परी घाइते भएकालाई स्थानीय इट्टाभट्टाको चिम्नीमा हाली हत्या गरेको अभियोगमा आलम अहिले प्रहरी हिरासतमा छन् ।

उनलाई म्याद थप गरेर अनुशन्धान गरिएको छ । उक्त घट्ना हुँद्या ताका कांग्रेस नेता कृष्ण प्रसाद सिटौला गृहमन्त्री थिए । उनकै निर्देशन र ठाडा आदेशमा त्यो घट्नालाई सामसुम बनाईएको अहिले कुरा उठेको छ । यो प्रकरणमा सिटौलालाई पनि अनुशन्धानको दायरामा ल्याउनुपर्ने माग छ । सिटौलामाथि शक्तिको आडमा आलमलाई बचाएको आरोप छ ।

त्यस्तै, सभापति शेरबहादुर देउवाको पनि नाम वाईडबडी खरिद प्रकरणमा मुछिएको छ । यो प्रकरणमा छानबिन गर्दा उनलाई पनि अनुशन्धानको दायरामा ल्याउनुपर्ने माग छ । तर, देउवाले आफू यो प्रकरणमा कुनैपनि हालतमा संलग्न नभएको जिकिर गर्दै आएका छन् । उनले त संघीय संसदको रोष्ट्रममै उभिएर निश्पक्ष छानिबन गर्नुपर्ने र अनियमितता गर्ने जो कोहीलाई पनि कानुनी कारबाहीमा ल्याउनुपर्ने माग गरेका छन् ।

(colorreflections.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपक्षेत्रीय अस्पतालमा सेवा सुविधा बढेपछि बिरामीको संख्यामा वृद्धि
उपक्षेत्रीय अस्पतालमा सेवा सुविधा बढेपछि बिरामीको संख्यामा वृद्धि
महोत्तरीः मटिहानी नगरपालिकामा राजपा विजयी
महोत्तरीः मटिहानी नगरपालिकामा राजपा विजयी
जहाज दुर्घटनामा भाग्यले बाँचेकाहरु
जहाज दुर्घटनामा भाग्यले बाँचेकाहरु
प्रदेश तीनः नाम बागमती, राजधानी हेटौंडा पक्का
प्रदेश तीनः नाम बागमती, राजधानी हेटौंडा पक्का
कांग्रेससँग हारगुहार गर्दै विक्रम पाण्डे
कांग्रेससँग हारगुहार गर्दै विक्रम पाण्डे
पत्रकार: कोही अमेरिका उडे, यी हुन उड्ने तयारी रहेकाहरू
पत्रकार: कोही अमेरिका उडे, यी हुन उड्ने तयारी रहेकाहरू
नेपालीलाई अर्को चेतावनी:भारतको बारेमा नराम्रो नसोच यदि तिमीहरुले यस्तो सोच्छौ भने हामी त्यो कुरा गर्नेछौ जुन हामी अहिले पाकिस्तानसँग गर्ने गर्दछौ
नेपालीलाई अर्को चेतावनी:भारतको बारेमा नराम्रो नसोच यदि तिमीहरुले यस्तो सोच्छौ भने हामी त्यो कुरा गर्नेछौ जुन हामी अहिले पाकिस्तानसँग गर्ने गर्दछौ
फेसबुकले जुरायो बागलुङे युवक र पाकिस्तानी युवतीको विवाह
फेसबुकले जुरायो बागलुङे युवक र पाकिस्तानी युवतीको विवाह
शक्तिखोर औद्योगिक क्षेत्र हरियाली बनाइने
शक्तिखोर औद्योगिक क्षेत्र हरियाली बनाइने
पर्यटकका लागि कटेज सञ्चालन

तपाईंले छुटाउनुभयो कि?