राजुकाजी लाई प्रशिक्षकबाट हटाएको छैन: एन्फा प्रवक्ता किरण राई
सारांश
- काठमाडौं साउन,२५।
- अखिल नेपाल फुटबल संघ (एन्फा) ले राजुकाजी शाक्यलाई प्रशिक्षकबाट नहटाएको स्पष्ट पारेको छ।
- एन्फाले शुक्रबार पत्रकार सम्मेलन गर्दै एन्फा प्रवक्ता किरण राईले भने, ‘राजुकाजी शाक्य अहिले पनि हाम्रा प्रशिक्षक हुनुहुन्छ।
काठमाडौं साउन,२५।अखिल नेपाल फुटबल संघ (एन्फा) ले राजुकाजी शाक्यलाई प्रशिक्षकबाट नहटाएको स्पष्ट पारेको छ। एन्फाले शुक्रबार पत्रकार सम्मेलन गर्दै एन्फा प्रवक्ता किरण राईले भने, ‘राजुकाजी शाक्य अहिले पनि हाम्रा प्रशिक्षक हुनुहुन्छ। उहाँलाई अन्य टिमको जिम्मेवारी दिन सक्ने अवस्था अझै छ।राष्ट्रिय टिमको जिम्मेवारी हेरफेर गर्दा बुझाइमा फरक परेको हो।
शाक्यले आफूलाई प्रशिक्षकबाट हटाएको भन्दै गुनासो गरेका थिए। शाक्य र एन्फाबीच केहि कम्युनिकेसन ग्याप भएको देखियो,प्रवक्ता राईले भने,यस विषयमा शाक्य र एन्फाबीच छलफल भएको छ। दुवै पक्षले पछिल्ला घटनाले नेपाली फुटबलको हितमा नहुने महसुस गरेका छौं।’एन्फाले यसअघि राष्ट्रिय टिमको सहायक प्रशिक्षकको स्थानमा बालगोपाल महर्जनलाई नियुक्त गरेको थियो।
एन्फा का प्रबक्ता राई ले रेलिगेशन बिनाको लिगको बारेमा पनि स्पष्टीकरण दिएका छन । ४ वर्ष लिग नहुँदा सबै क्लबहरुको अवस्था बिग्रिएको र नेपाली फुटबलमा खेलाडी उत्पादन गर्ने र फुटबलको माहोल ल्याउन का लागि पनि रेलिगेशनबिनाको लिग गर्न लागिएको राईले स्पष्ट पारे।उनले भने हाम्रो कार्यसमितिको बैठकबाट रेलिगेशनबिनाको लिग गर्ने निर्णय भइसकेको छ। एएफसी र फिफाबाट अनुमोदन पनि गराइसकेका छौं।फुटबल को विकासका लागी लिगको केज्र र रोचकता बढाउन हामी लागिपरेको छौ, राईले भने।
प्रतिक्रिया