सुकमायाको सफलताको कथा, गृहणी देखि सफल कृषी उद्यमी

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २७, २०७६
|
|
२२ पटक हेरिएको
Shares
सुकमायाको सफलताको कथा, गृहणी देखि सफल कृषी उद्यमी

सारांश

  • सुकमाया पाटा राई (५२ वर्ष) बुलिंगटार गाउँपालिका ३, नवलपुरमा बस्छिन् ।
  • उनी ६ महिनाअघि स्थानीय सुनकागती(१ जातको कागतीको नर्सरी स्थापना गरी नर्सरी उद्यममा अग्रसर भएकी थिइन ।
  • रोग र किराबाट विरुवालाई जोगाउन स्थानीय सामग्रीको अधिकतम प्रयोग गरी ग्रीन नेटभित्र सुरक्षित रुपमा हुर्काईएका कागतीका विरुवाहरु अहिले उनीसँग करिब ६ हजार छन् ।

सुकमाया पाटा राई (५२ वर्ष) बुलिंगटार गाउँपालिका ३, नवलपुरमा बस्छिन् । उनी ६ महिनाअघि स्थानीय सुनकागती(१ जातको कागतीको नर्सरी स्थापना गरी नर्सरी उद्यममा अग्रसर भएकी थिइन । रोग र किराबाट विरुवालाई जोगाउन स्थानीय सामग्रीको अधिकतम प्रयोग गरी ग्रीन नेटभित्र सुरक्षित रुपमा हुर्काईएका कागतीका विरुवाहरु अहिले उनीसँग करिब ६ हजार छन् । नर्सरी स्थापना र प्रवद्र्धनका लागि आर्थिक तथा प्राविधिक सहयोग गैंडाकोट नवलपुरमा रहेको सहमति संस्था र लुथरन वल्र्ड रिलिफको साझेदारीमा नवलपुर, तनहुँ र गोरखा जिल्लामा सञ्चालित अमिलो जातका फलफूलहरुको बजार विकास परियोजनाले सुरुदेखि नै कृषि प्राविधिकको घरदैलो सेवासहित निरन्तर सहयोग गर्दैआएको छ ।

‘नर्सरी उद्यम सुरु गर्दा के हुने कसो हुने दुविधाले सताए पनि हाल करिब ६ लाख बराबरका विरुवा आफ्नो नर्सरी बढेको देख्दा लगाव त यसै पनि बढेको छ, साथै नर्सरी उद्यमीको रुपमा अगाडि बढ्न पाउँदा खुशी पनि मिलेको छ’, सुकमायाले भनिन् ।

यसैगरी सुकमायाको जस्तै सोही परियोजनाको सहयोग लिएर नवलपूरमा बुलिंगटार गाउँपालिका वार्ड नं. ५, राईकोट, बौदीकाली वार्ड नं. ५, लुंगेलीथर र वार्ड नं. ४, रुचांग समेत गरी ४ ठाउँमा स्थानीय जातको सुन्तलाको नर्सरी छ । साथै तनहुँको देवघाट गाउँपालिका कोटवैदी, छिपछिपे, आँबूखैरेनीको पतेनी, बन्दिपूर गाउँपालिकाको काफलस्वाँरा तथा गोरखा जिल्लाको शहिदलखन गाउँपालिका मनकामना ढाँडबारी एवं पालुंगटार नगरपालिकाको वार्ड नं. ९ पाण्डेवेशीमा पनि सुन्तला र कागतीको नर्सरीहरु स्थापना भएका हुन् ।

सुरक्षित रुपमा ग्रीन नेटभित्र स्थापित सबै १० वटा नर्सरीमा हाल १ लाख ५० हजारभन्दा बढी सुन्तला र कागतीका विरुवाहरु रहेको र यी सबै विरुवा अर्को आर्थिक वर्षमा किसानहरुले स्थानीयस्तरमा नै लगाउने एवं नवलपूर, तनहुँ र गोरखा जिल्लामा करिब ७ हजार रोपनी क्षेत्रफलमा सुन्तलाजात फलफूलखेतीको क्षेत्र विस्तार हुने सहयोगी संस्थाका परियोजना संयोजक शिव सुवेदीले जानकारी दिए । सोही परियोजनाकै सहयोगमा नवलपूर, तनहुँ र गोरखा जिल्लाका बुलिंगटार, डेढगाउँ, कोटा, झाँक्रा, पाण्डेवेशी र उम्लुंग गाउँलाई कागतीखेती गाउँको रुपमा विकास गर्ने तथा अरु सुन्तलाखेती भईरहेका ठाउँहरुमा सुन्तलाखेती मै विशेष गरी उत्पादन, उत्पादकत्व वृद्धिका साथै सहकारी प्रणालीको बजारीकरण व्यवस्थापनमार्फत् साना किसानहरु लाभान्वित भएका हुन् ।

यसै क्रममा विभिन्न चरण गरी हालसम्म किसानलाई निरन्तर प्राविधिक सहयोगसहित ५० हजार सुन्तला तथा कागतीका विरुवाहरु निशुल्क वितरण गरिसकिएको, सुन्तला बगैंचासम्म जोड्ने शाखा मोटरबाटो १८ किमी निर्माण गरिएको, दुर्गम गाउँहरुमा विभिन्न ६ वटा कृषि सहकारीहरुको सञ्चालन स्वसम्पन्नता र वित्तीय स्वसम्पन्नताको लागि ७ करोडभन्दामाथीको छरिएर रहेको स्थानीय पूँजीको श्रृजना गराई प्रवद्र्धन तथा क्षमता विकास गरिएको एवं सहकारीबाट व्यवस्थित बजारीकरणका लागि आवश्यक समन्वय र सहजीकरण गरिएको बताईएको छ । साथै परियोजना सुरु गर्दा ५६ वटा सुन्तला कृषक समूहमा आवद्ध सुन्तलाजात फलफूलबाट साना किसानहरुको औषत आम्दानी १४ हजारबाट ३ गुणाले बृद्धि भई ४५ हजार पुगेको छ । ११० हेक्टर क्षेत्रफलमा व्यवस्थित साना सिँचाई प्रणालीका लागि किसानलाई सहयोग गरिएको तथा थप १०० हेक्टर क्षेत्रफलमा सुन्तला र कागतीखेती क्षेत्रसमेत विस्तार भएको सुवेदीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रकाश दाहालको निधनमा कसले के सोक सन्देश ट्वीट गरे ?
प्रकाश दाहालको निधनमा कसले के सोक सन्देश ट्वीट गरे ?
उदयपुरको बजेट तथा विशेष प्रस्तावहरु पास गर्दै सकियो दोस्रो जिल्ला सभा
उदयपुरको बजेट तथा विशेष प्रस्तावहरु पास गर्दै सकियो दोस्रो जिल्ला सभा
राजपा–फोरम एकता : हल्ला बढि, छलफल कम
राजपा–फोरम एकता : हल्ला बढि, छलफल कम
ऊर्जा क्षेत्रमा लगानी गर्न बङ्गलादेशी लगानीकर्तालाई मन्त्री पुनको आग्रह
ऊर्जा क्षेत्रमा लगानी गर्न बङ्गलादेशी लगानीकर्तालाई मन्त्री पुनको आग्रह
भक्तपुर महोत्सव सम्पन्न
भक्तपुर महोत्सव सम्पन्न
ट्याङ्कर दुर्घटनामा दुईको मृत्यु, तीन गम्भीर
ट्याङ्कर दुर्घटनामा दुईको मृत्यु, तीन गम्भीर
मकवानपुरको गढीमा कोदोखेती गर्ने किसानको आकर्षण बढ्दो
मकवानपुरको गढीमा कोदोखेती गर्ने किसानको आकर्षण बढ्दो
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश
‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीकाे भूमिका महत्वपूर्णः  प्रधानमन्त्री ओली
‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीकाे भूमिका महत्वपूर्णः प्रधानमन्त्री ओली
सरकार र सिके राउतबीचको वार्ता सकारात्मक छः सभापति देउवा
सरकार र सिके राउतबीचको वार्ता सकारात्मक छः सभापति देउवा

तपाईंले छुटाउनुभयो कि?