उपसभामुख पदका लागि आज निर्वाचन हुँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ३१, २०७९
|
|
३० पटक हेरिएको
Shares
उपसभामुख पदका लागि आज निर्वाचन हुँदै

सारांश

  • काठमाडौं।
  • तत्कालीन उपसभामुखले राजीनामा दिएपछि करिब तीन वर्षदेखि रिक्त रहेको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ।
  • निर्वाचनमा गठबन्धन र प्रतिपक्ष दलबीच प्रतिष्पर्धा हुने भएको छ।

काठमाडौं। तत्कालीन उपसभामुखले राजीनामा दिएपछि करिब तीन वर्षदेखि रिक्त रहेको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ। निर्वाचनमा गठबन्धन र प्रतिपक्ष दलबीच प्रतिष्पर्धा हुने भएको छ। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सचेतक समेत रहेकी पुष्पा भुषाल र प्रतिपक्ष दल एमालेका तर्फबाट विद्या भट्टराईले उम्मे्दवारी दिएका छन्।

भुषालको प्रस्तावकमा नेपाल माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा नेकपा एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीले समर्थन गरेका छन्।

यस्तै भट्टराईको प्रस्तावकमा एमालेका सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन्। गठबन्धनबाट उम्मेद्वार बनेकी भुषाल २०७४ सालमा पनि उपसभामुखको उम्मेदवार बनेकी थिइन्। त्यतिबेला भुषाल एमाले–माओवादी केन्द्रको सत्ता गठबन्धनको साझा उम्मेदवार शिवमाया तुम्बाहाङ्फेसँग पराजित भएकी थिइन्।

भुषाल २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित भएकी हुन्।

यस्तै एमालेबाट उपसभामुख पदकालागि उम्मेद्वारी दिएकी एमाले उम्मेदवार भट्टराई कास्की क्षेत्र नम्बर २ बाट २०७६ सालमा भएको उपनिर्वाचनमा विजयी भएकी थिइन्। उम्मेदवारी दर्तापछि भट्टराईले पनि संसदलाई प्रभावकारी बनाउनुका साथै संवैधानिक भूमिका पूरा गर्ने उल्लेख गरिन्।

तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि तत्कालीन नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटा सभामुख बनेका थिए। संविधानअनुसार एउटै दलबाट सभामुख र उपसभामुख बन्न नपाइने भएपछि तुम्बाहाम्फेले उपसभामुख पदबाट राजीनामा दिएकी थिइन्।

यस्तै प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनेगरी गर्नुपर्नेछ र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरकफरक दलको प्रतिनिधि हुनुपर्ने उल्लेख छ।

संसदमा अहिले नेकपा एमालेका ९८, नेपाली कांग्रेसका ६३, माओवादी केन्द्रका ४९ जना सांसद छन्। यस्तै नेकपा एसबाट २३, जसपा २१, लोसपा १३, राष्ट्रिय जनमोर्चा १, राप्रपा १, नेमकिपा १ र स्वतन्त्र १ जना सांसद रहेका छन्।

अहिले सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चा सहभागी छन्। झण्डै तीन बर्ष देखि रिक्त उपसभामुख चयन प्रक्रिया सुरुभएपनि अझै राष्ट्रियसभा उपाध्यक्ष र संसदीय समितिका सभापतिहरु भने चयन हुन सकेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्तरपुस्तिका हराएपछि परीक्षा दिएका सबै उतीर्ण
उत्तरपुस्तिका हराएपछि परीक्षा दिएका सबै उतीर्ण
रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी
रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी
गुरुङ भाषा संरक्षणका लागि प्रशिक्षण
गुरुङ भाषा संरक्षणका लागि प्रशिक्षण
नेपाली भूमि मिचेर सिमा स्तम्भ गाडेकोप्रति अनेरास्ववीयु र अखिल क्रान्तिकारीको आपत्ति
नेपाली भूमि मिचेर सिमा स्तम्भ गाडेकोप्रति अनेरास्ववीयु र अखिल क्रान्तिकारीको आपत्ति
खाजा खाएर नक्कली पैसा दिंदा, यसरी पक्राउ परे ‘लुट’ फिल्मका निर्माता
खाजा खाएर नक्कली पैसा दिंदा, यसरी पक्राउ परे ‘लुट’ फिल्मका निर्माता
सिंहदरबारमा छड्के : पाँच सय २१ कर्मचारीलाई कारबाहीको सिफारिस
सिंहदरबारमा छड्के : पाँच सय २१ कर्मचारीलाई कारबाहीको सिफारिस
गुर्जा हिमालमा ९ को मृत्युः एउटा शव निकालियो
गुर्जा हिमालमा ९ को मृत्युः एउटा शव निकालियो
एमाले उम्मेद्वार विश्वकर्माको गाडी तोडफोड !
एमाले उम्मेद्वार विश्वकर्माको गाडी तोडफोड !
केपि ओली अब कहिल्यै पनि प्रधानमन्त्री बन्नुहुन्न -देउवा
केपि ओली अब कहिल्यै पनि प्रधानमन्त्री बन्नुहुन्न -देउवा
फ्रान्सले विश्वकप जितेमा प्रशिक्षकले यस्तो रेकर्ड कायम गर्नेछन्
फ्रान्सले विश्वकप जितेमा प्रशिक्षकले यस्तो रेकर्ड कायम गर्नेछन्

तपाईंले छुटाउनुभयो कि?