संसदीय समिति विरुद्ध रन्किए लालबाबु पण्डित

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २९, २०७६
|
|
२५ पटक हेरिएको
Shares
संसदीय समिति विरुद्ध रन्किए लालबाबु पण्डित

सारांश

  • संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण नरहेको भन्दै संसदीय समिति विरुद्धमा कडा रुपमा प्रस्तुत भएका छन् ।
  • मन्त्री पण्डितले संवैधानिक, कानुनी र लोक सेवा आयोग ऐन, तथा त्यसको मूल्य र मान्यताको आधारमा विज्ञापन खुलाइएको दाबी गरे ।
  • उनले भने,‘विज्ञापन रद्द गर्न दिइएको निर्देशनको औचित्य पुष्टि गर्न राज्य व्यवस्था तथा सुशासन समितिलाई म चुनौती दिन्छु ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण नरहेको भन्दै संसदीय समिति विरुद्धमा कडा रुपमा प्रस्तुत भएका छन् । मन्त्री पण्डितले संवैधानिक, कानुनी र लोक सेवा आयोग ऐन, तथा त्यसको मूल्य र मान्यताको आधारमा विज्ञापन खुलाइएको दाबी गरे । उनले भने,‘विज्ञापन रद्द गर्न दिइएको निर्देशनको औचित्य पुष्टि गर्न राज्य व्यवस्था तथा सुशासन समितिलाई म चुनौती दिन्छु ।’ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण नरहेको भन्दै संसदीय समिति विरुद्धमा कडा रुपमा प्रस्तुत भएका छन् । मन्त्री पण्डितले संवैधानिक, कानुनी र लोक सेवा आयोग ऐन, तथा त्यसको मूल्य र मान्यताको आधारमा विज्ञापन खुलाइएको दाबी गरे ।

उनले भने,‘विज्ञापन रद्द गर्न दिइएको निर्देशनको औचित्य पुष्टि गर्न राज्य व्यवस्था तथा सुशासन समितिलाई म चुनौती दिन्छु।’ लोकसेवा आयोगका पदाधिकारीले समितिको बैठकमै आएर विज्ञापन खुलाउने निर्णय संवैधानिक र कानुनी व्यवस्था अनुसार भएको उल्लेख गरे सुनुवाई नभएको उनले बताए ।

आफूलाई समितिले बैठकमा बोलाएपनि सार्वजनिक कार्यक्रममा सोलु गएको बेला बोलाएको उनको दाबी छ । उनले भने,‘कहिले क्याविनेटको प्रशासन समितिको बैठक, कहिले विदेशी नियोगका प्रतिनिधिसँग बैठक भएको बेलामा पारेर मलाई बोलाईयो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?