राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना सुधारिँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २२, २०७४
|
|
२४ पटक हेरिएको
Shares
राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना सुधारिँदै

सारांश

  • गुलरिया (बर्दिया), २२ साउन ।
  • राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाले बबई नहर सुधारिने भएको छ ।
  • पहिले बनाएको कच्ची नहरलाई पक्की बनाउन थालिएको हो ।

गुलरिया (बर्दिया), २२ साउन । राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाले बबई नहर सुधारिने भएको छ ।
पहिले बनाएको कच्ची नहरलाई पक्की बनाउन थालिएको हो ।

पहिलो चरणमा निर्माण भएको राजकुलोदेखि बाँसगढीसम्म २२ किलोमिटर नहरमध्ये १२ किमी कच्ची नहरलाई पक्की बनाउने काम तीव्ररुपमा भइरहेको बबई सिँचाइ आयोजनाले जनाएको छ ।

रु ७१ करोडको लागतमा पक्की बनाउन लागिएको सो नहर पप्पुमल्ल देव एन्ड सायर जेभी, रसुवा लामा जेभी स्वच्छन्द महादेव, खिन्ती जेभी र विल्डर्स एन्ड बिरुवा जेभीले २०७०।०७१देखि चार वटा प्याकेजमा काम सुरु गरेका थिए । अहिलेसम्म ३५ प्रतिशत काम सम्पन्न भएको छ । समयमै सिँचाइ सुविधा पु¥याउन नहरको हेड बक्सदेखि मगरागाडीसम्म छुट्टाछुट्टै नहर निर्माण गर्ने संझौता बमोजिम गत वर्ष गजुरमुखी डिबी जेभीमृत सञ्जीवनी गाल्भा जेभी, रसुवा लामा विल्डर र गजुरमुखी जेभीले जिम्मा पाई काम सुरु गरेका हुन् । नहर निर्माण भएपछि ५० प्रतिशत सिँचाइ सुविधा हुने आयोजनाको दाबी छ ।

अमरकन्सट्रक्सले रु आठ करोडको लागतमा गत वर्षदेखि बबई पुलदेखि पश्चिमतिर १५० मिटर लामो साइफन राखी नहर निर्माण गरिरहेको छ ।
सो नहर निर्माणबाट पूर्वमा पदनहा, बानियाभार, मगरागाडी, धधबार महममदपुर, कालिका, मैनापोखर, सोरहवा, जमुनी र बाँँसगढी नगरपालिकाका खेतीयोग्य जमिन सिञ्चित हुनेछ हुनेछ भने पश्चिमतिर नेउलापुर, बगनाहा, ढोढरी, सूर्यपटुवा, ठाकुरद्वारा नगरपालिका लगायत मधुवन नगरपालिका र गुलरिया नगरपालिकामा समेत सिंचाइ सुविधा पुग्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?