प्रधानमन्त्री देउवा आजै राजिनामा दिने तयारीमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २, २०७४
|
|
२७ पटक हेरिएको
Shares
प्रधानमन्त्री देउवा आजै राजिनामा दिने तयारीमा

सारांश

  • काठमाडौं, २ फागुन -प्रधानमन्त्री शेरबहादुर देउवाले आज बुधबार पदबाट राजीनामा दिने मनस्थिति बनाएको बुझिएको छ ।
  • आजै निर्वाचन आयोगले प्रतिनिधिसभाको मतपरिणाम सहितको सांसदको नामावली राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ ।
  • आयोगले बुधबार प्रतिनिधिसभामा निर्वाचित सांसदको सूची राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार बनाउने प्रक्रिया स्वतः अघि बढ्नेछ ।

काठमाडौं, २ फागुन -प्रधानमन्त्री शेरबहादुर देउवाले आज बुधबार पदबाट राजीनामा दिने मनस्थिति बनाएको बुझिएको छ । आजै निर्वाचन आयोगले प्रतिनिधिसभाको मतपरिणाम सहितको सांसदको नामावली राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ ।

आयोगले बुधबार प्रतिनिधिसभामा निर्वाचित सांसदको सूची राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार बनाउने प्रक्रिया स्वतः अघि बढ्नेछ ।

आयोगले निर्वाचनको परिणाम बुझाउने तयारी गरेको बेला देउवाले राजीनामा दिने तयारीमा रहेको एक मन्त्रीले जानकारी दिए । देउवा करिब साढे आठ महिना अघिदेखि प्रधानमन्त्री छन् ।
उनका अनुसार प्रधानमन्त्री देउवा राष्ट्रको नाममा सम्बोधन गर्दै राजीनामा दिने सोचमा छन् । राष्ट्रपतिले नयाँ सरकारको प्रक्रिया अघि बढाउनुअघि सम्बोधन गर्ने विषयमा मंगलबार राति बालुवाटारमा छलफल गरेको देउवा निकट स्रोतले बताएको छ ।

‘सबैको सुझाव अनुसार राजिनामा दिन उपयुक्त हुन्छ भन्ने आयो,’ स्रोतले भन्यो, ‘बुधबार नै प्रधानमन्त्रीले आफ्नो कार्यकालमा भएका उपलब्धिबारे सम्बोधन गर्दै राजीनामा दिने मनस्थिति बनाउनुभएको छ ।’

कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्वपछि देउवा चौथो पटक मुलुकको ४० औं प्रधानमन्त्रीमा गत जेठ २३ गते निर्वाचित भएका थिए ।

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    Babu Ram Paudel

    ea ho ab k ho k ho 2-4 maina yasti gare hallya hunna ra?

    Comment Author

    Deb Joshi

    Chito de kam xain

    Comment Author

    बी. पी. लामिछाने

    नदिए हुन्थ्यो। किन होला दिने।

    Comment Author

    Hom Dagami

    Bichara kati vitri aatma roye hola.

    Comment Author

    Shankar Lamichhane

    Dina pardaina ajha vayako jati khatam garepachhi diya hunchha

    Comment Author

    Niran Gurung

    Aba kina yeti hatar hola bichara ajai basnu nii

    Comment Author

    Laxman Bhandari

    k xa sir

    Comment Author

    Prem Kumal

    Buda ajA valantine da manauna jana hola tahai vayara raji nam dine

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?