कोरियाग्राफर गम्भीर र अभिनेत्री शुष्माको लेनदेन विवाद
सारांश
- काठमाडौं, २५ माघ ।
- कोरियो ग्राफर गम्भिर विष्टले अभिनेत्री शुष्मा कार्की विरूद्ध फेसबुकमा स्टाटस लेखेका छन् ।
- कार्कीले नृत्य सिकाए बापतको पारिश्रमिक नदिएको भन्दै विष्टले स्ट्याटस लेखेका हुन् ।
काठमाडौं, २५ माघ । कोरियो ग्राफर गम्भिर विष्टले अभिनेत्री शुष्मा कार्की विरूद्ध फेसबुकमा स्टाटस लेखेका छन् । कार्कीले नृत्य सिकाए बापतको पारिश्रमिक नदिएको भन्दै विष्टले स्ट्याटस लेखेका हुन् ।
कार्की लण्डन जानुअघि उनलाई नृत्य कक्षा लिएको तर पारिश्रमिक दिन आनाकानी गरेको भन्दै उनले फेसबुकमा नाम सार्वजनिक गरेका हुन् । केही दिनदेखि उनले एक नायिकाले पारिश्रमिक नदिएको भन्दै स्ट्याटस लेखेपनि बुधवार नाम सार्वजनिक गरेका हुन्।
पारिश्रमिक दिनुको सट्टा आफ्नो फोन, म्यासेजको पनि जफाव नदिएको भन्दै उनले स्ट्याटस लेख्न बाध्य भएको जनाएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया