बेनी नगरपालिका–३ मा स्वतन्त्र उम्मेदवार पुन विजयी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २, २०७४
|
|
२९७ पटक हेरिएको
Shares

सारांश

  • म्याग्दी, २ जेठ ।
  • बेनी नगरपालिका–३ भकिम्लीको वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार पदम पुनले ५१८ मत प्राप्त गरी विजयी हुनुुभएको छ ।
  • उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जसबहादुर पुनले ४२१ र एमालेका डिलबहादुर थापाले ४०० मत प्राप्त गर्नुभएको छ सदस्यहरुमा स्वतन्त्रका रत्न जिसी र एमालेका गेमबहादुर घर्तीमगर, मनकुमारी पुन र हरिकला दमार्इं निर्वाचित हुनुभएको छ ।

म्याग्दी, २ जेठ । बेनी नगरपालिका–३ भकिम्लीको वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार पदम पुनले ५१८ मत प्राप्त गरी विजयी हुनुुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जसबहादुर पुनले ४२१ र एमालेका डिलबहादुर थापाले ४०० मत प्राप्त गर्नुभएको छ

सदस्यहरुमा स्वतन्त्रका रत्न जिसी र एमालेका गेमबहादुर घर्तीमगर, मनकुमारी पुन र हरिकला दमार्इं निर्वाचित हुनुभएको छ ।

दुई हजार २६० जना मतदाता र तीन वटा मतदान केन्द्र रहेको भकिम्लीमा एक हजार ४६९ मत खसेको थियो ।

त्यसैगरी बेनी नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)को अग्रता कायमै छ । सुरुवातदेखि नै अग्रता लिएको एमालेका प्रत्यासी प्रमोद श्रेष्ठले तीन वडाको मतगणना सकिँदासम्म एक हजार ९२६ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हरिकुमार श्रेष्ठले एक हजार ७२६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपप्रमुखमा राप्रपाका सञ्जु बरुवालले एक हजार ५४६ मतले अग्रता लिनुभएको छ भने नेकपा (माओवादी केन्द्र) का ज्योति लामिछानेले एक हजार १०८ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?