सत्तारुढ दलकै सांसदले किन गणतन्त्र उल्टन सक्ने भने

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १, २०७६
|
|
३१ पटक हेरिएको
Shares
सत्तारुढ दलकै सांसदले किन गणतन्त्र उल्टन सक्ने भने

सारांश

  • सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद रामवीर मानन्धरले गणतन्त्र उल्टन सक्ने औल्याएका छन् ।
  • सरकारको कामकारबाही गणतन्त्र उल्टने दिशातर्फ बढेको भन्दै समयमै सचेत हुन आग्रह गरे ।
  • शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै मानन्धरले गुठीबारे उठेको विषयमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै सच्याएर अगाडि नबढे गम्भीर परिणाम उत्पन्न हुने चेतावनी दिए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद रामवीर मानन्धरले गणतन्त्र उल्टन सक्ने औल्याएका छन् । सरकारको कामकारबाही गणतन्त्र उल्टने दिशातर्फ बढेको भन्दै समयमै सचेत हुन आग्रह गरे । शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै मानन्धरले गुठीबारे उठेको विषयमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै सच्याएर अगाडि नबढे गम्भीर परिणाम उत्पन्न हुने चेतावनी दिए । ‛जनताले गणतन्त्र ल्याएका हुन्, गणतन्त्र उल्टाउन पनि सक्छन्,’उनले भने, ‛असार २ गते प्रधानमन्त्रीले स्वदेश आउनेवित्तिकै गुठीबारे माग सम्बोधन नगरे ४ गते नसोचिएको परिणाम हुन्छ ।’ देशमा आन्दोलनको आँधी आइरहेको भन्दै त्यसले धेरैलाई बडार्न सक्ने चेतावनी दिए । देशमा राणा, राजा सक्ने जनताले देश र संस्कृतिविरुद्ध लाग्नेहरुलाई नछाड्ने बताए ।

साम्प्रदायिक दंगा भड्काउनेहरु सक्रिय भइरहेकोमा सबै सचेत हुनुपर्ने बताए । सरकारमा रहेकाहरु स्थिति साम्य पार्न लाग्नुपर्नेमा उल्टो घ्यू थप्न लागेको भन्दै आलोचना गरे ।

धर्म संस्कृतिविरुद्ध गतिविधि बढिरहेको भन्दै त्यसलाई सहन नसकिने बताए । ‛चीनमा पनि कम्युनिष्ट छन् तर संस्कृतिको रक्षा गर्दै विकास निर्माणमा लागिपरेका छन्’, मानन्धरले भने ।

गुठीलाई सामन्त भन्ने सरकारका प्रवक्ता गोकुल बाँस्कोटाप्रति आक्रोशित भएका मानन्धरले उनको राजीनामा मागे । मुलुक चिनाउने गुठी सामन्त र शोषकको व्यवस्था हो भने मन्दिर के हो ? देशको संस्कृतिमाथि आक्षेप र अपमान गर्नेहरु खतरनाक हुने भन्दै सचेत हुनुपर्ने बताए ।

यो पनि पढ्नुस
गुठीयारलाई सामान्ती भन्ने सञ्चारमन्त्री राजीनामा देउः सांसद मानन्धर

नेकपाका नेता तथा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाको राजिनामा मागेका छन् ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष बहसमा बोल्दै सत्तारुढ दलकै नेता मानन्धरले गुठीलाई सामन्ती पं्रथा जोडेकोमा कडा आपत्ती जनाउँदै राजिनामा दिनुपर्ने बताएका हुन् ।

“सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजिनामा दिनुस् । प्रवक्ता जनताको हो । धेरै ठूलो स्वरले बोल्ने होइन । ” उनले भने ।

सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको मानन्धरको आरोप छ । “संचारमन्त्रीजी, कि क्षमा माग्नुस, कि राजिनामा दिनुस् ।” उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतभन्दा आफुसँग बढि परमाणु अस्त्र भएको पाकिस्तानको दावी
भारतभन्दा आफुसँग बढि परमाणु अस्त्र भएको पाकिस्तानको दावी
मिस वर्ल्डमा अनुष्कालाई ३ अवार्ड
मिस वर्ल्डमा अनुष्कालाई ३ अवार्ड
एनसेल शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष
एनसेल शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष
मदिरा सेवन गरी होहल्ला गर्ने ६० जना पक्राउ
मदिरा सेवन गरी होहल्ला गर्ने ६० जना पक्राउ
रानी जमरा कुलरिया सिँचाइ आयोजना : ६० प्रतिशत निर्माण सम्पन्न
रानी जमरा कुलरिया सिँचाइ आयोजना : ६० प्रतिशत निर्माण सम्पन्न
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्च अदालतले लगायो रोक
नेपाली विद्यार्थीको रोजाईमा भारतको ओम स्टर्लिङ ग्लोबल विश्वविद्यालय, विशेष छात्रावृत्ति दिने चान्सलरको घोषणा
नेपाली विद्यार्थीको रोजाईमा भारतको ओम स्टर्लिङ ग्लोबल विश्वविद्यालय, विशेष छात्रावृत्ति दिने चान्सलरको घोषणा
दशकौँदेखि भारत र पाकिस्तानका सेना कश्मीर सीमामा आमुन्नेसामुन्ने
दशकौँदेखि भारत र पाकिस्तानका सेना कश्मीर सीमामा आमुन्नेसामुन्ने
मधेसी मोर्चाद्वारा सर्वोच्चको आदेशको स्वागत…
मधेसी मोर्चाद्वारा सर्वोच्चको आदेशको स्वागत…
वरुण र अनुष्काको नयाँ अवतार
वरुण र अनुष्काको नयाँ अवतार

तपाईंले छुटाउनुभयो कि?