मधेसी मोर्चाद्वारा सर्वोच्चको आदेशको स्वागत…

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २०, २०७३
|
|
११६ पटक हेरिएको
Shares
मधेसी मोर्चाद्वारा सर्वोच्चको आदेशको स्वागत…

सारांश

  • संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनका विषयमा सर्वोच्च अदालतले सोमबार गरेको आदेशको स्वागत गरेको छ ।
  • आज यहाँ बसेको मोर्चाको बैठकले सर्वोच्चको आदेशपछि संविधान संशोधन प्रस्ताव अगाडि बढाउन बाटो खुलेको भन्दै स्वागत गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिनुभयो ।
  • सरकारले संसद्मा प्रस्तुत गरेको प्रस्ताव परिमार्जनसहित दर्ता गर्नुपर्ने ठहर बैठकले गरेको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनका विषयमा सर्वोच्च अदालतले सोमबार गरेको आदेशको स्वागत गरेको छ ।

आज यहाँ बसेको मोर्चाको बैठकले सर्वोच्चको आदेशपछि संविधान संशोधन प्रस्ताव अगाडि बढाउन बाटो खुलेको भन्दै स्वागत गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिनुभयो । सरकारले संसद्मा प्रस्तुत गरेको प्रस्ताव परिमार्जनसहित दर्ता गर्नुपर्ने ठहर बैठकले गरेको छ । संशोधन प्रस्ताव पारित गर्न अन्य दलहरुलाई आग्रह गर्नेसमेत बैठकले निर्णय गरेको महासचिव झाले बताउनुभयो ।

बैठकले संविधान संशोधनका लागि थप दबाबमूलक आन्दोलनका कार्यक्रम बनाउने जिम्मा मोर्चाको सचिवालयलाई दिएको छ । मोर्चाले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र) सँग बिहीबार थप छलफल गर्ने भएको छ । मोर्चाको बैठक बस्नुअघि आजै मोर्चा आबद्ध सङ्घीय गठबन्धनको बैठकसमेत बसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलो संयुक्त चुनावीसभामै दाहाल अनुपस्थित ?
पहिलो संयुक्त चुनावीसभामै दाहाल अनुपस्थित ?
कर्जन्हा नगरपालिकाको कार्यालयमा आगलागी, मेयरले आगजनी गराएको भन्दै चक्काजाम
कर्जन्हा नगरपालिकाको कार्यालयमा आगलागी, मेयरले आगजनी गराएको भन्दै चक्काजाम
कार्तिक लागेसँगै सुनको भाउ घट्यो, चाँदी भने स्थिर
कार्तिक लागेसँगै सुनको भाउ घट्यो, चाँदी भने स्थिर
भारतमा एकैदिन २९ हजार भन्दा बढी कोरोना सङ्क्रमित
भारतमा एकैदिन २९ हजार भन्दा बढी कोरोना सङ्क्रमित
भालुको आक्रमणबाट उदयपुरमा ७७ बर्षीय  बृद्ध गम्भीर घाईते
भालुको आक्रमणबाट उदयपुरमा ७७ बर्षीय बृद्ध गम्भीर घाईते
मानव अधिकार उल्लंघनका मुख्य कारण गरिबीः मुख्यमन्त्री राजेन्द्र राई
कोरोना नमस्ते अभियान
कोरोना नमस्ते अभियान
डेढ वर्षदेखि प्रम ओलीसँग रुष्ट बनेका वामदेव गौतमको यु–टर्न, स्वागत गर्न पुगे विमानस्थल
डेढ वर्षदेखि प्रम ओलीसँग रुष्ट बनेका वामदेव गौतमको यु–टर्न, स्वागत गर्न पुगे विमानस्थल
किन बेच्दैछिन् १२ करोडमा यी युवतीले कुमारित्व ?
किन बेच्दैछिन् १२ करोडमा यी युवतीले कुमारित्व ?
परिमार्जन नभइ एमसिसी पारित हुन्न,  राष्ट्रियसभा सदस्यमा बामदेव : प्रचण्ड
परिमार्जन नभइ एमसिसी पारित हुन्न, राष्ट्रियसभा सदस्यमा बामदेव : प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?