अमेरिका र इरानबीच युद्ध हुने नै हो ?
सारांश
- बीबीसी।
- खाडीमा तनाव गहिरिँदै गएको छ।
- केही दिन अगाडि अमेरिकाले एउटा भिडियो सार्वजनिक गर्दै बिहीबार ओमनको खाडीमा दुई ट्यांकरमाथि भएको आक्रमणमा इरानको हात रहेको दाबी गरेको छ।
बीबीसी। खाडीमा तनाव गहिरिँदै गएको छ। केही दिन अगाडि अमेरिकाले एउटा भिडियो सार्वजनिक गर्दै बिहीबार ओमनको खाडीमा दुई ट्यांकरमाथि भएको आक्रमणमा इरानको हात रहेको दाबी गरेको छ। यद्यपी यो घटनाका विषयमा धेरै कुरा बाहिर आउन बाँकी छ। तर ट्रम्प प्रशासन भनाइ अनुसार यो प्रमाणले धेरै कुरा स्पष्ट पारेको छ। त्यसो भए अब अगाडि के हुन्छ भन्ने प्रश्न उठ्छ। के अमेरिका यसको जवाफ दिन सक्छ? विषय धेरै गम्भीर हुँदै गएको छ।
पेन्टागनकातर्फ जारी गरिएको धमिलो भिडियोमा एउटा सानो इरानी जहाज देखिन्छ। र, यो जहाजको क्रु बिहीबारको आक्रमणको शिकार भएका दुई ट्यांकर मध्ये एउटाको बाहिरी भागबाट विस्फोटक निस्किएको थियो। यो विषयलाई लिएर इरान र अमेरिका दुवैले एक अर्कामाथि आरोप लगाएका छन्। इरानले उक्त आक्रमणमा आफ्नो कुनै पनि हात नरहेको बताएको छ। यसअघि मे महिनामा संयुक्त अबर इमिरेटमा पनि जहाज चार आक्रमण भएका थिए। त्यतिबेला पनि इरानले उक्त आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको बताएको थियो।
अमेरिकाले यी दुवै आक्रमणमा इरानको हात रहेको जिकिर गर्दै आएको छ। के आशंका पैदा हुन थालेको छ भने अहिलेको दुई मुलुकबीचको वाक युद्ध वास्तविक युद्धमा परिणत हुने त होइन? अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले उक्त आक्रमणमा इरानको हात रहेको आरोप लगाएका थिए। अमेरिकी आरोपलाई इरानले तत्काल खण्डन गर्यो। इरानले आफूलाई जानेरै फसाउन खोजिएको बताएको छ। इरानका एक अधिकारीले भने–इरान र अन्तर्रा्ष्ट्रिय समुदायबीचको सम्बन्ध विगार्ने कोशिश भइरहेको छ।’
विचित्रका घटनाक्रम
पहिलो पटक अमेरिकी नौसेनाकातर्फबाट जारी गरिएको भिडियोलाई ठोस प्रमाणका रुपमा हेरिएको छ। तर, यो भिडियोले धेरै प्रश्न उब्जाएको छ। अमेरिकाका अनुसार यो भिडियो पहिलो विस्फोटपछि रेकर्ड गरिएको थियो। जतिबेला इरानी क्रु आक्रमणको प्रमाण मेटाउने कोशिश गरिरहेको थियो। तर आक्रमणका विषयमा धेरै विषय अहिले पनि बाहिर आउन बाँकी छ। जस्तै जहाजमा विस्फोटक पदार्थ कति बेला राखियो ।
यो क्षेत्रमा अमेरिकी सेनाको राम्रो उपस्थिति छ। यस्तोमा अमेरिकी सेनासँग खुफिया सूचना संकलन गर्ने राम्रो क्षमता छ। यो विषयमा अहिले धेरै जानकारी सार्वजनिक हुन बाँकी रहेका कारण फरेन्सिक जाँचपछि धेरै प्रमाण भेटिन सक्छ। यद्यपी अमेरिकाले इरानमाथि लगाएको आरोप यही आक्रमणसम्ममात्र सीमित छैन।
केही समय अगाडि अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले भनेका थिए, ‘उत्तेजित नबनाइकन गरिएका आक्रमण अन्तर्रा्ष्ट्रिय शान्ति र सुरक्षकालागि खतरा हुन्। यो इरानकातफबाट तनाब बढाउने अभियान हुन्। जसलाई स्वीकार गर्न सकिँदैन।’
यो निकै गम्भीर आरोप हो र यसले के प्रश्न उठ्छ भने अमेरिका यो विषयमा के गर्ने तयारी गरिरहेको छ?
ठोस कुटनीतिक कारवाही एउटा उपाय हुन सक्छ, अन्तर्रा्ष्ट्रियस्तरमा इरानको निन्दा गर्ने र अतिरिक्त आर्थिक प्रतिबन्ध लगाएर उसलाई झन दवाब दिन सकिन्छ।
तर के शंका उत्पन्न हुन्छ भने अहिलेको अवस्था जारी प्रतिबन्धको कारण पनि हुनसक्छ। इरानमाथि दवाब बढ्दै गएको छ, सायद यो दवाब त्यति बढ्यो की रिभोल्यूशनरी गार्ड कार्प, जो आफूलाई स्वयत्ता नैसेना बल भन्छ, यसले जवाफ दिने निर्णय गरेको पनि हुनसक्छ। त्यसो भए अब के हुन्छ? के अमेरिका कुनै प्रकारको सैन्य कारवाही गर्छ?
अमेरिकाका खाडीका सहयोगी देश र अन्य सहयोगी मुलुक यो विषयमा कस्तो प्रतिक्रिया जनाउँछन् र सैन्य कारवाहीको परिणाम के हुन्छ? यदि इरानमाथि आक्रमण गरियो भने इरानले एक प्रकारको हाइब्रिड युद्ध छोड्न सक्छ। अथात स–साना आक्रमणसँगै जहाज र अन्य ठाउँमा ठूला आक्रमण पनि गर्न सक्छ। साथै तेलको मूल्य र बीमा प्रीमियम झन बढाउन सक्छ।
अहिले नै इरान र अमेरिका पूरै युद्ध चाहन्छन् भन्ने अवस्था छैन। अमेरिकासँग शक्तिशाली सेना छ। तर हावा र समुन्द्रमा इरानसँग लड्न अमेरिकाकालागि खतरनाक सावित हुनसक्छ। अहिलेसम्म के देखिएको छ भने अमेरिकी राष्ट्रपति ट्रम्प अन्य मुलुकसँग वाक युद्धमा लाग्छन् तर त्यसको विरुद्ध सैन्य कारवाही गर्नबाट अहिलेसमम बच्दै आएका छन्। अमेरिकाले सीरिायमा हवाइ आक्रमण ग गर्यो तर त्यो सांकेतिक थियो।
खतरा यसकारण पनि छ, की युद्ध योजना बनाएर त हुँदैन तर दुर्घटनावश जरुर युद्ध हुनसक्छ। इरान र अमेरिका सांकेतिक रुपमा एक अर्कालाई आफ्नो कुरा भनिरहेका छन्। उनीहरुले एक अर्काको सन्देश राम्रोसँग प्राप्त भइरहेको छैन्। इरानलाई के लाग्छ भने अमेरिका यो क्षेत्रमा यसकारण आफ्नो प्रभाव बढाइरहेको छ ताकि इरान डराओस्। र इरान यसलाई स्वीकार गर्न तयार छैन।
फ्रान्स र जर्मनीजस्ता अमेरिकाका अन्य सहयोगी मुलुकले पनि सावधानी अपनाउन सुझाव दिएका छन्। बेलायतका विदेश मन्त्रीले बेलायतले अमेरिकालाई विश्वास गर्ने बाएका छन्। तर बेलायतले आफ्नो स्तरमा पनि विषयलाई अध्ययन गर्छ। ट्रम्पले जब आफ्नो पद सम्हालेका थिए तब केही विदेश नीतिका विशेषज्ञ, जसमा रिपब्लिकनपनि सहभागी थिए, उनीहरुले ट्रम्प प्रशासनसँग काम गर्न अस्वीकार गरेका थिए। उनीहरुको के भनाइ थियो भने विदेश नीतिलाई लिएर ट्रम्पको जुन तरिका छ त्यसले एक दिन ठूलो संकट निम्त्याउनेछ।’
प्रतिक्रिया