शुक्रबार सन्तोषी माताको व्रत बस्नुको कारण र व्रत बस्ने विधि यस्तो छ
सारांश
- हिन्दु धार्मिक मान्यता अनुसार बार नै पिच्छे फरक फरक देवी देवताको पुजा गरी व्रत बसिन्छ ।
- ती सबै व्रतका विधि र मान्यताहरु पनि फरक फरक हुन्छन् ।
- त्यसैगरी शुक्रबारको दिन माता सन्तोषी माताको पूजापाठ गरी विधिवत रुपमा व्रत बस्ने चलन रहिआएको छ ।
हिन्दु धार्मिक मान्यता अनुसार बार नै पिच्छे फरक फरक देवी देवताको पुजा गरी व्रत बसिन्छ । ती सबै व्रतका विधि र मान्यताहरु पनि फरक फरक हुन्छन् । त्यसैगरी शुक्रबारको दिन माता सन्तोषी माताको पूजापाठ गरी विधिवत रुपमा व्रत बस्ने चलन रहिआएको छ । खास गरेर महिलाहरु सन्तोषी माताको ब्रत बस्छन् । माताको व्रत भौतिक सुख प्राप्तिको लागि बस्ने गरिन्छ । सन्तोषी माता भगवान गणेशकी पुत्री हुन् भने माताको नाम रिद्धि–सिद्धि हो । सन्तोषी माताको पूजापाठ व्रत बस्दा शोक, चिन्ता, आपतविपत आइपर्दैन र धन–सम्पत्ती प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ ।
सुख–सौभाग्यको कामना गर्दैं लगातार १६ शुक्रबार सन्तोषी माताको ब्रत बस्ने गरिन्छ । सन्तोषी माता लक्ष्मीको अवतार हुन् ।
यस्ता छन् सन्तोषी माताको व्रत र पूजा विधिः
सन्तोषी माताको ब्रतको लागी बिहान सुर्योदय अगाडी नै उठेर घर सरसफाई गर्दै,घरमा गंगाजल छर्केर शुद्ध पार्नपर्छ । पूजाको लागी आवश्यक सामग्रीहरुमा एक कलश,पानको पात,फुल,आरतीको लागी कपूर,अगरबत्ती, केरा, सन्तोषी माताको फोटो या मुर्ति, ब्रत कथा पुस्तक।
शुक्रबार बिहान स्नान गरेर मन्दिर या घरमै पूजा गर्न सकिन्छ । पूजाको लागी फुलले सजाएको कलश,प्रसाद हुनु आवश्यक छ भने घिउको दियो बाल्नुपर्छ।पूजा गरिसकेपछि माताको कथा आरम्भ गर्ने,र भजन गाउने।
नियमित रुपले सोर्ह शुक्रबार सम्म ब्रत बसिसकेपछि अन्तिम शुक्रबार विधिबिधान अनुसार देवी सन्तोषीको पूजा गर्ने र पुरी र केराको प्रसाद दान गर्ने। साथैं आठ कन्याहरुलाई खिरको प्रसाद खुवाउने ।
सन्तोषी माताको ब्रत बस्दा ध्यान दिनपर्ने सबैभन्दा मुख्य कुरा ब्रतको दिन अमिलो छुन र खानु हुँदैन ।
यो पनि पढ्नुस्
बार अनुसार कुन देवताको पूजा र व्रत बस्ने ?
हिन्दु धर्ममा विश्वास राख्ने हिन्दुहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पुजा गर्ने चलन रहेको छ । विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन बार अनुसार कुन भगवानलाई पुजिन्छ । त्यो भगवानको लागि व्रत बसेर पुजा गर्ने गर्छन् । त्यस्तै आज हामी तपाईहरुलाई कुन बार कुन भगवानको पुजा गर्नु राम्रो हुन्छ भन्ने बारे बताउन गइरहेका छौँ ।
१. आइतबारः आइतबारको दिन बिशेष गरेर सूर्य देवलाई मान्ने चलन रहेको छ । आइतबार सूर्य देवको पुजा गर्नेले व्रतालुहरुले एक छाक मात्र खाना खान्छन् । नुन तेल खादैनन् । व्रत बस्नेले रातो वस्त्र लगाउनुहुँदैन् ।तर पुजा गर्दा चाही रातो फुल चढाउनुपर्छ ।
२.सोमबारः विशेष गरेर सोमबारको दिन शिवजीको पुजा गर्ने परम्परा रहेको छ । यो दिन शिवजीको पुजा गरेमा शिवजी चाँडै प्रसन्न हुने विश्वास छ । शिवको मन्दिरमा गएर ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ। त्यो भन्दा शिवलाई खुसी बनाउन शिवपुराण पढ्दा राम्रो हुने र मागेको पाइने विश्वास छ । सोमबारको व्रत विवाहित महिला ले पति र परिवारको सुख शान्तिको लागि बस्ने गर्छन् भने अविवाहित महिलाले राम्रो पति पाउनको लागि व्रत बस्ने गर्छन् । यो दिन एक छाक मात्रै खाना खाने र नुन तेल नखाने परम्परा रहेको छ ।
३.मङ्गलबारः मंगलबारको दिन भगवान गणेशको पुजा गर्ने गरिन्छ । साथै मंगलबार काली माता, दुर्गा माता र हनुमानको पनि पुजा गरिन्छ। यो दिन व्रत बस्दा बिहानको खाना खानुहुँदैन् भने बेलुकाको खानामा नुन खानु हुँदैन् ।
४.बुधबारः बुधबारको दिन विथल देव कृष्णको पुजा गर्ने गरिन्छ । कृष्णको पुजा गर्दा तुलसीको पातले पुजा गर्नुपर्छ । नयाँ कामको सुरु गर्दा पनि बुधबार गर्नु शुभ मानिन्छ । कृष्णको व्रत बस्दा चाहेको कुराहरु पुग्ने विश्वास रहेको छ ।
५.विहिबारः बिहीबार विष्णु भगवानको पुजा गर्ने गरिन्छ । विष्णुको पुजा गर्दा दूध र घ्यू समावेश गर्नुपर्दछ। व्रत बस्ने व्रतालुले यो दिन दूग्धपदार्थ खाने र श्रीमद्भागवत पुराण पनि पाठ गर्दा राम्रो हुन्छ ।
६.शुक्रबारः शुक्रबारको दिनलाई महालक्ष्मी देवीको पुजा गर्ने चलन रहेको छ । यो दिन लक्ष्मी मातासँगै सन्तोषी माँ, अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पुजा गर्नुपर्छ । शुक्रबारको दिन व्रतालुहरुले मिष्ठान्न भोजन व्यञ्जन गरिनुको साथै व्रतालुहरुले मिठाइको परिकार खाने गर्छन् ।
७.शनिबारः शनिबारको दिन कसैलाई पनि शनिदेवको देष्टि नपरोस भनेर शनिदेवको पुजा गर्ने चलन रहेको छ । यो दिन व्रतालुहरुले कालो वस्त्र लगाउनुपर्छ । रात्री भोजमा नुन खानुहुँदैन् ।
प्रतिक्रिया