अवार्डको प्रलोभन देखाउँदै महिला कलाकारमाथि आयोजक संस्थाका महासचिवको गिद्दे नजर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ३०, २०७६
|
|
२१ पटक हेरिएको
Shares
अवार्डको प्रलोभन देखाउँदै महिला कलाकारमाथि आयोजक संस्थाका महासचिवको गिद्दे नजर

सारांश

  • पछिल्लो समय नेपालमा गीतसंगीत र फिल्म सम्बन्धी अवार्डको महत्व फुटेको कौडी बराबर पनि हुन छोडेको छ ।
  • अहिले धेरै अवार्डहरुमा आयोजकले नोमिनेसन फर्म भर्ने कलाकार पनि पाउन मुस्किल छ ।
  • नोमिनेसन फर्म भर्ने कलाकार पाउनु त मुस्किल भयो नै अधिकांस अवार्ड कार्यक्रमहरुमा अवार्ड पाउने कलाकार नै अवार्ड लिन समेत पुग्दैनन् ।

पछिल्लो समय नेपालमा गीतसंगीत र फिल्म सम्बन्धी अवार्डको महत्व फुटेको कौडी बराबर पनि हुन छोडेको छ । अहिले धेरै अवार्डहरुमा आयोजकले नोमिनेसन फर्म भर्ने कलाकार पनि पाउन मुस्किल छ । नोमिनेसन फर्म भर्ने कलाकार पाउनु त मुस्किल भयो नै अधिकांस अवार्ड कार्यक्रमहरुमा अवार्ड पाउने कलाकार नै अवार्ड लिन समेत पुग्दैनन् । अनि कलाकारको सम्मान र नेपाली कलाको अन्तराष्ट्रियकरण गर्ने भन्दै ढ्वाङ पिट्ने थुप्रै अवार्ड कार्यक्रमको त आजकाल सञ्चारकर्मी समाचार संकलनका लागि उनीहरुले आयोजना गर्ने पत्रकार सम्मेलनमा त जानै छोडिसकेका छन् ।

यस क्षेत्रमा न कुनै गतिलो योगदान दिएका छन् न कलाकारको रुपमा कुनै नाम निसाना नै छ तर त्यस्ता केही आयोजकहरुले कला र श्रष्टाको सम्मान भन्दै फुर्ति लगाएर अवार्ड गर्न थालेकाले पनि अवार्ड प्रति आम कलाकार तथा कलाका पारखीहरुको उदासिनता ह्वात्तै बढेर गएको हो । आर्थिक लेनदेन, आफु निकटलाई अवार्ड दिने जस्ता हर्कतले विवादित र बेइज्जतीको पराकाष्ठा नाँघी सकेको अवार्ड कार्यक्रमहरुमा भित्रभित्र प्रलोभन देखाउँदै यौन प्रस्ताव समेत गरिएको हालै एक महिला कलाकारले खुलासा गरेकी छिन् ।

शेर्पा समुदाबाट मोडलिङ र अभिनयमा सक्रिय रहँदै आएकी छिरिङ डोमा शेर्पालाई अमेरिकामा आयोजना गरिने भनिएको वर्ल्ड म्यूजिक अवार्डका महासचिव सुमन बुढामगरले पटक पटक इमोशनल ब्ल्याकमेलिङ तथा सेक्सुअल ह्यारेसमेन्ट गरेको आरोप लगाएकी छिन् । बुढामगर कलाकार संघ युएसका अध्यक्ष पनि हुन् । बुढामगरले अवार्डको प्रलोभन देखाउँदै बसि नसक्नु बनाएको भन्दै छिरिङले फेसबुकमा लामो स्टाटस लेख्दै यो कुरा बाहिर ल्याएकी छिन् ।

बुढामगरले विभिन्न प्रलोभन देखाउँदै हेलिकप्टरमा कहिले मनाङ र कहिले पोखराका होटेलहरुमा बस्न जानका लागि समेत दवाव दिएको उनले बताएकी छन् । अमेरिकामा आयोजना हुने भनिएको ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९’ का महासचिव समेत रहेका बुढामगरले ‘टप थ्री’ मा पार्ने प्रलोभनमा आफूमाथि अनैतिक कार्यको प्रस्ताव गरेको उनको स्टाटसमा उल्लेख छ । अवार्डको टप 3 पर्ने प्रतिष्पर्धीलाई आयोजकले अमेरिका लग्ने बताउँदै आएको छ ।

आयोजक भन्छन् बुढामगरलाई हटायौ
कलाकार छिरिङ डोमा शेर्पाको स्टाटस सार्वजनिक भएपछि वर्ल्ड नेपाल म्युजिक अवार्ड २०१९’ को आयोजना वर्ल्ड कनेक्सन युएसए इन्कले एक विज्ञप्ती जारी गर्दै बुढामगरलाई अवार्ड आयोजक समितिबाट निलम्बित गरेको जनाएको छ । छिरिङले सार्वजनिक गरेको स्टाटसको विषयमा बुझ्न सम्पर्क गर्न खोज्दा बुढामगर सम्पर्कमै नआएको जनाउँदै उनलाई सम्पुर्ण जिम्मेवारीबाट हटाइएको आयोजक संस्थाले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?