भारतमा इकोनोमिक काउन्सिलरका लागि सहसचिवको दौडधुप

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ९, २०७६
|
|
२८ पटक हेरिएको
Shares
भारतमा इकोनोमिक काउन्सिलरका लागि सहसचिवको दौडधुप

सारांश

  • भारतको नयाँदिल्लीस्थित राजदूताबासको रिक्त इकोनोमिक काउन्सिलर पदका लागि ३ सहसचिवले दौडधूप गरिरहेका छन् ।
  • इकोनोमिक काउन्सिलरका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङ, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराइ र प्रधानमन्त्री कार्यालयका सहसचिव विनोद कुँवर लागिरहेका छन् ।
  • तामाङ काठमाडौं महानगरपालिकाको कार्यकारी अधिकृत हुँदा करोडौं भ्रष्टाचार गरी संघीय मन्त्रालयमा सरुवा भएका हुन् ।

भारतको नयाँदिल्लीस्थित राजदूताबासको रिक्त इकोनोमिक काउन्सिलर पदका लागि ३ सहसचिवले दौडधूप गरिरहेका छन् । इकोनोमिक काउन्सिलरका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङ, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराइ र प्रधानमन्त्री कार्यालयका सहसचिव विनोद कुँवर लागिरहेका छन् ।

तामाङ काठमाडौं महानगरपालिकाको कार्यकारी अधिकृत हुँदा करोडौं भ्रष्टाचार गरी संघीय मन्त्रालयमा सरुवा भएका हुन् । संघीय मामिला मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख हुन् तामाङ । उनी इकोनोमिक काउन्सिलर हुनकालागि साविक माओवादी नेताहरुको दैलोदैलो चाहारिरहेका छन् । र, संघीय मामिला मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा ल्याउने सहसचिवको खोजी गरिरहेका छन् ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता भए पनि कहिल्यै फोन नउठाउने सहसचिव विनोद कुँवर उपसचिव हुँदा राजस्व समूहमा बसी तर मारेका हुन् । उनी निजामती कर्मचारी संगठनका पूर्व सचिव पनि थिए ।

दिनेश भट्टराइ कुनै देशको महाबाणिज्यदूत वा इकोनोमिक काउन्सिलर बन्न उद्योग मन्त्रालय ढुकेर बसेका छन् । सहसचिव कृष्णहरि पुस्कर कर्णलाई फिर्ता बोलाएपछि दिल्लीको इकोनोमिक काउन्सिलर पद रिक्त छ । साँघुन्यूजबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?