कर्मचारीप्रति प्रचण्ड कडा रुपमा प्रस्तुत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
३६ पटक हेरिएको
Shares
कर्मचारीप्रति प्रचण्ड कडा रुपमा प्रस्तुत

सारांश

  • पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले सिंहदरबारमा केन्द्रित भएको अधिकार गाउँ गाउँमा पुगोस् भन्ने उद्देश्यले संघीयता र गणतन्त्रको ल्याएको बताएका छन्।
  • काभ्रे जिल्लाको चौरी देउराली —२ स्थित श्री खाँडादेबी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई शुक्रबार दिउँसो सम्बोधन गर्दै यस्तो बताएका हुन्।
  • ‘राज्यको शक्ति विकेन्द्रित भएर जनताको घरदैलोमा लैजान हजारौंको बलिदान भएको छ,’ उनले भने, ‘तर अहिले कतिपय कानूनको अभावमा या कर्मचारी समायोजनको अन्यौलताका कारणले ढिला भएको पक्कै पनि हो।

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले सिंहदरबारमा केन्द्रित भएको अधिकार गाउँ गाउँमा पुगोस् भन्ने उद्देश्यले संघीयता र गणतन्त्रको ल्याएको बताएका छन्। काभ्रे जिल्लाको चौरी देउराली —२ स्थित श्री खाँडादेबी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई शुक्रबार दिउँसो सम्बोधन गर्दै यस्तो बताएका हुन्। ‘राज्यको शक्ति विकेन्द्रित भएर जनताको घरदैलोमा लैजान हजारौंको बलिदान भएको छ,’ उनले भने, ‘तर अहिले कतिपय कानूनको अभावमा या कर्मचारी समायोजनको अन्यौलताका कारणले ढिला भएको पक्कै पनि हो।’ राष्ट्र सेवक भनिएका कर्मचारी संविधानको मर्म र भावना अनुसार र ऐन कानूनको व्यवस्था अनुसार देशको कुनै पनि भागमा सरकारले खटाए अनुसार जानुपर्ने उनको भनाइ थियो। ‘यदि जान तयार नहुने हो भने राज्यले बिदा गर्दिनु पर्दछ र नयाँ कर्मचारी भर्ती गरेर भएपनि संविधान कार्यान्वयन तिर लाग्नु पर्दछ,’ उनले भने। उनले अब ऐनहरु बन्न थालेको बताउँदै संघ, प्रदेश र स्थानीय सबैतिर कर्मचारी सामायोजनको प्रक्रियाको सुरुवात हुन लागेको बताए।

उनले पार्टीको स्थायी समिति बैठकमा सर्वसम्मत निर्णय गर्दै सफलताका साथ सम्पन्न भएको बताए। लोकतान्त्रिक वातावरणमा छलफल गरी बैठक सम्पन्न भएको बताउँदै पुस महिनाभित्र तलैसम्म पार्टी एकता गरी सक्ने स्थायी समितिको निर्णय भएकोे जानकारी दिए।

‘संविधानसभाको निर्वाचन गरेर नेपालको इतिहासका हामी गौरवशाली पुस्ता भयौं,’ उनले भने, ‘त्यो संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भयो। एउटा देशमा संविधानसभाको निर्वाचन एक पटक मात्र हुन्छ । हामी यसका सहभागी, साक्षी र सहयात्री बन्यौं।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज नेपाल संवत् ११४४, र म्हः (आत्म) पूजा
आज नेपाल संवत् ११४४, र म्हः (आत्म) पूजा
एमाले अध्यक्ष ओलीद्वारा भारतीय गणतन्त्र दिवसको शुभकामना
एमाले अध्यक्ष ओलीद्वारा भारतीय गणतन्त्र दिवसको शुभकामना
मत पत्रमा दलीय रोलक्रमः ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो
मत पत्रमा दलीय रोलक्रमः ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो
प्रधानन्यायाधीश जोशी प्रकरण: संवैधानिक परिषद्को निर्णय उल्टिन सक्छ: सुमनराज प्याकुरेल
प्रधानन्यायाधीश जोशी प्रकरण: संवैधानिक परिषद्को निर्णय उल्टिन सक्छ: सुमनराज प्याकुरेल
उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा हिमाली आँधी परी ५ जनाको मृत्यु
उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा हिमाली आँधी परी ५ जनाको मृत्यु
सलमान खानले जिन्सको धागो निकालेर चपाएपछि… भिडियो देखेर प्रशंसकले दिए यस्तो प्रतिक्रिया
सलमान खानले जिन्सको धागो निकालेर चपाएपछि… भिडियो देखेर प्रशंसकले दिए यस्तो प्रतिक्रिया
एनटीसीको मोबाइलमा पनि अब ब्यालेन्स सापटी
एनटीसीको मोबाइलमा पनि अब ब्यालेन्स सापटी
हस्तमैथुन गरेर फोहोर फ्याकेको ब्यालेट पेपर (कविता)
हस्तमैथुन गरेर फोहोर फ्याकेको ब्यालेट पेपर (कविता)
लक्षण नदेखिए पनि कोरोना परीक्षण गर्न पाइने
लक्षण नदेखिए पनि कोरोना परीक्षण गर्न पाइने
कोरोना कहर : चैत ६ पछि झण्डै पाँच लाखले छाडे राजधानी
कोरोना कहर : चैत ६ पछि झण्डै पाँच लाखले छाडे राजधानी