चितवनमा ‘चौका दाउ’ को बिशेष शो हुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १२, २०७५
|
|
१८ पटक हेरिएको
Shares
चितवनमा ‘चौका दाउ’ को बिशेष शो हुने

सारांश

  • काठमाडाै, १२ मंसिर।
  •   फिल्मीप्रेमी दर्शकहरुका लागि बहुप्रतिक्षित चलचित्र ‘चौका दाउ’ काे बिशेष शाे हुने भएकाे छ ।
  •    चितवनको क्रियाशिल संस्था लक्की मिडिया हाउस चितवनले उक्त शाे प्रदर्शन गर्न  लागेको हाे ।

काठमाडाै, १२ मंसिर।  फिल्मीप्रेमी दर्शकहरुका लागि बहुप्रतिक्षित चलचित्र ‘चौका दाउ’ काे बिशेष शाे हुने भएकाे छ ।   चितवनको क्रियाशिल संस्था लक्की मिडिया हाउस चितवनले उक्त शाे प्रदर्शन गर्न  लागेको हाे । नेपाली सिनेमा बजारको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लागिरहेको लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा विशेष शो,प्रिमियर शो र च्यारीटी शो गर्दै आएको छ ।

आम दर्शकहरुको रोजाईमा अब नयाँ तथा पुराना नेपाली चलचित्र देखाउने क्रममा लक्की मिडिया हाउस चितवनको आयोजनामा वरिष्ठ सङ्गीतकार शम्भुजित बासकोटाका छोरा सौर्यजीत बासकोटा र मनोज राज भण्डारीको निर्माणमा रहेको चलचित्र ‘चौका दाउ’ को बिशेष शो हुने भएको लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले जानकारी दिनुभयो । पौष २७ मा रिलिज हुने बहुप्रतिक्षित चलचित्र ‘चौका दाउ’ लाई मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा यही पौष २४ गते कलाकारहरुको साथमा चितवनमा भव्य बिशेष शो हुने भएको हाे । पूर्ण रुपमा कमेडी कथावस्तुलाई आधार बनाएर बनाइएको बहुप्रतिक्षित चलचित्र ‘चौका दाउ’ को बिशेष शोमा कलाकारहरुको बाक्लो उपस्थिती हुने जनाईएको छ ।

बिशेष शोमा चलचित्र ‘चौका दाउ’ का कलाकार संगै अन्य राष्ट्रिय कलाकारहरु सँगै चितवनका समाजसेवी र ब्यवसायीहरुलाई पनि सम्मान गरिने मिडिया हाउसका महाप्रबन्ध हरि कार्की ‘लक्की’ ले जानकारी दिनुभयो । चलचित्रको बिशेष शो गर्नुभन्दा अगाडि चितवनका केही अनाथ तथा बृद्धाआश्रममा लत्ताकपडा वितरणको साथै खाना खुवाउने कार्यक्रम रहेको कार्यक्रम संयोजक बिमल रेग्मीले जानकारी दिनुभयो । पुर्णेन्दु झा निर्दे्शित यस फिल्ममा विल्सन विक्रम, रबिन्द्र, सन्तोष, तैयबसँगै अजस्र ढुंगाना, वर्षा राउत, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, सागर सिग्देललगायतको अभिनय रहेको छ। शम्भुजित बास्कोटाको कथा र संगीत रहेको फिल्मलाई मनोज राजभण्डारी र सौर्यजित बाँस्कोटाले निर्माण गरेका हुन्। सिनेमामा शम्भुजीत बास्कोटाको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, दीर्घ गुरुङको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?