नायक प्रदीप खड्कालाई ५३ लाखको कार उपहार

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २, २०७४
|
|
३२ पटक हेरिएको
Shares
नायक प्रदीप खड्कालाई ५३ लाखको कार उपहार

सारांश

  • काठमाडौं ।
  • नायक प्रदीप खड्काले कार उपहार पाएका छन् ।
  • फिल्म ‘प्रेम गीत २’ को ५१ दिने सफलताको पार्टीमा निर्माता सन्तोष सेनले प्रदीपलाई हुन्डाइको क्रेटा कार गिफ्ट गरेका हुन् ।

काठमाडौं । नायक प्रदीप खड्काले कार उपहार पाएका छन् । फिल्म ‘प्रेम गीत २’ को ५१ दिने सफलताको पार्टीमा निर्माता सन्तोष सेनले प्रदीपलाई हुन्डाइको क्रेटा कार गिफ्ट गरेका हुन् । प्रदीपले पाएको कारको बजार मूल्य ५३ लाख पर्न आउँछ ।

निर्माताबाट कार उपहार पाउने प्रदीप पहिला नायक हुन् । यसअघि फिल्म ‘लुट’ ब्लकबस्टर भएपछि निर्माताद्वाय माधव वाग्ले र नरेन्द्र महर्जनले निर्देशन निश्चल बस्नेतलाई कार उपहार दिएका थिए । ‘प्रेम गीत २’ को ५१ दिने सेलिव्रेसन कार्यक्रममा फिल्मको शीर्ष कभर गीत प्रतिस्पर्धाका उत्कृष्टको नाम घोषणा गर्दै उनीहरुलाई पुरस्कृत समेत गरियो ।

रामशरण पाठकको निर्देशन रहेको फिल्म ‘प्रेम गीत २’ मा प्रदीप खड्का र नव नायिका अश्लेष ठकुरीको मुख्य भूमिका रहेको छ । प्रदीपले आशुसेन फिल्मसबाटै बन्ने नयाँ फिल्म दिपेन्द्र सरकारमा मुख्य भूमिकामा अभिनय गर्दैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?