सडक बनाउन माग गर्दै साँखुबासीले माधव नेपालको बाटो छेकेपछि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १०, २०७६
|
|
२७ पटक हेरिएको
Shares
सडक बनाउन माग गर्दै साँखुबासीले माधव नेपालको बाटो छेकेपछि

सारांश

  • काठमाडौं।
  • सडकको अवस्थाबाट आजित बनेका साखुँवासीले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नेता माधवकुमार नेपालको बाटो छेकेका छन्।
  • शङ्खरापुर नगरपालिकाले सोमबार आयोजना गरेको नगरसभा कार्यक्रममा पुग्नुभएका नेपाललाई विभिन्न पटक आश्वासन दिने तर सडकको निर्माणमा चासो नदिने भन्दै साँखुवासीले बाटो छेकेका हुन्।

काठमाडौं। सडकको अवस्थाबाट आजित बनेका साखुँवासीले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नेता माधवकुमार नेपालको बाटो छेकेका छन्। शङ्खरापुर नगरपालिकाले सोमबार आयोजना गरेको नगरसभा कार्यक्रममा पुग्नुभएका नेपाललाई विभिन्न पटक आश्वासन दिने तर सडकको निर्माणमा चासो नदिने भन्दै साँखुवासीले बाटो छेकेका हुन्।साँखु क्षेत्रबाट दुईपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेको भन्दै इन्द्रायणीका मिलन खड्काले जनताको समस्या सुन्नका लागि समय दिनुपर्ने माग गरेका थिए। ख्डकाले सडकका कारण दुर्घटना नभएको दिन नभएको भन्दै सडक सुधार तथा छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न नेपालसमक्ष माग राखे।

स्थानीयवासीले जनताको समस्या सुन्नका लागि नेता नेपालसमक्ष आह्वान गरेपछि नेपाल पछि आउँछु भनेर कार्यक्रमस्थलबाट गाडी चढेर हिँडेका थिए। सोही क्षेत्रबाट निर्वाचित भएर पनि जनताको गुनासो सुन्न समय नदिएर हिँडेको भन्दै स्थानीयवासी सर्वसाधारणले नेपालविरुद्ध नाराबाजीसमेत गरेका थिए।चावहिल–साँखु सडकखण्डका सर्वसाधारण लामो समयदेखि सडकको दुरवस्थाका कारण निकै समस्यामा छन्। घाम लाग्दा धुलो र पानी पर्दा हिलोले दिनहुँ हैरानी खेप्नुपरेको उनीहरूको गुनासो छ। सडक निर्माणमा विलम्ब भएको भन्दै छिटो निर्माण गर्न सम्बन्धित पक्षसँग उनीहरूको माग छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुवा खेलेर एकलाख जितेपछि बनाएकाे ‘गार्डेन अफ ड्रिम्स’
जुवा खेलेर एकलाख जितेपछि बनाएकाे ‘गार्डेन अफ ड्रिम्स’
शिल्पाले ब्याकपोज दिएपछि किन पछि हटे राज कुन्द्रा ?
शिल्पाले ब्याकपोज दिएपछि किन पछि हटे राज कुन्द्रा ?
कोरला नाकामा नेपालतर्फ काम नै भएन
कोरला नाकामा नेपालतर्फ काम नै भएन
किसानले उत्पादन गरेको तरकारीले बजार मूल्य नपाउँदा आर्थिक सङ्कट
किसानले उत्पादन गरेको तरकारीले बजार मूल्य नपाउँदा आर्थिक सङ्कट
भ्रष्टाचारको फाइल खोलेपछि टुङ्गोमा पु-याउन सांसदको माग
भ्रष्टाचारको फाइल खोलेपछि टुङ्गोमा पु-याउन सांसदको माग
स्थानीय तह उपनिर्वाचनः माधव र रविलाई उम्मेदवार पाउनै मुस्किल
स्थानीय तह उपनिर्वाचनः माधव र रविलाई उम्मेदवार पाउनै मुस्किल
नेपालमा आर्थिक सहयोग बढाउन चीन सकारात्मक छ :  उप्रप्रधानमन्त्री श्रेष्ठ
नेपालमा आर्थिक सहयोग बढाउन चीन सकारात्मक छ : उप्रप्रधानमन्त्री श्रेष्ठ
चामलको बोरामा मुसाले प्वाल पारेपनि सरकारलाई नै गाली : प्रम ओली
चामलको बोरामा मुसाले प्वाल पारेपनि सरकारलाई नै गाली : प्रम ओली
वातावरण प्रदुषणले भन्दा सुर्तीजन्य पदार्थको सेवनको कारण निधन हुनेको संख्या धेरै: डाक्टर पौडेल
वातावरण प्रदुषणले भन्दा सुर्तीजन्य पदार्थको सेवनको कारण निधन हुनेको संख्या धेरै: डाक्टर पौडेल
पुटिनको घोषणा : रुस बन्यो कोरोना भ्याक्सिन विकास गरी दर्ता गर्ने पहिलो मुलुक

तपाईंले छुटाउनुभयो कि?