चामलको बोरामा मुसाले प्वाल पारेपनि सरकारलाई नै गाली : प्रम ओली

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १५, २०७५
|
|
२९ पटक हेरिएको
Shares
चामलको बोरामा मुसाले प्वाल पारेपनि सरकारलाई नै गाली : प्रम ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सबै काम सरकारले गरेजस्तोगरी आलोचना हुने गरेको टिप्पणी गरेका छन् ।
  • यतिसम्म कि चामलको बोरामा मुसाले प्वाल पारेपनि सरकारले नै गाली खानु परेको बताएका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै काम सरकारले गरेजस्तोगरी आलोचना हुने गरेको टिप्पणी गरेका छन् । यतिसम्म कि चामलको बोरामा मुसाले प्वाल पारेपनि सरकारले नै गाली खानु परेको बताएका छन् ।

सरकारले हत्या, हिंसा, बलात्कार गरेजस्तोगरी आलोचना भएको भन्दै प्रधानमन्त्री ओलीले टिप्पणी गरेका हुन् । प्रधानमन्त्रीले ओलीले मुसाले चामलको बोरामा प्वाल पार्दा पनि सरकारलाई गाली गर्ने संस्कार भएको बताए ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ पत्रकार सूर्य थापासँगको टीभी अन्तर्वार्तामा यस्तो बताएका हुन् । प्रधानमन्त्रीले १२ वर्षअघिका अपराधमा संलग्नहरू अहिले पत्ता लागिरहेको प्रसंग कोट्याउँदै पन्त प्रकरणमा पनि त्यस्तै हुन सक्ने बताएका हुन्।

प्रधानमन्त्रीले भने, ‘मुसाले चामलको बोरामा प्वाल पार्यो रे भन्यो भने ल यस्तो सरकार, मुसाले चामलको बोरामा प्वाल पारून्जेल के हेरेर बस्यो ? नालायक सरकार भनेर कराउने ? यो खालको राजनीतिक संस्कृति जुन छ, यो एकछिनका लागि हो। दयालाग्दो संस्कृति हो। यसलाई संस्कृतिका रूपमा उठाउन खोजेका छन्। केही अर्थ छैन।’

आफ्नै पार्टीका केही नेतासमेत, विपक्षी दल लगायतले सामाजिक सञ्जालमा गरेको आलोचनालाई ‘बकबास’ भएको बताएका छन्। ‘यस्ता बकबासीहरूका सम्बन्धमा केही कमेन्ट गर्नु छैन,’ ओलीले भनेका छन् ।

निर्मला पन्तको हत्या प्रकरणमा संलग्नलाई नहुँदा सरकारको चौतर्फी आलोचना भैरहेका बेला प्रधानमन्त्री ओलीले दोषी पत्ता लगाउन १२ वर्ष लाग्न सक्ने बताएका हुन् ।

‘आलोचना आफ्नो ठाउँमा होला, घटनाको राम्ररी अनुसन्धान गरेर खोज्न र पत्ता लगाउन सरकार क्रियाशील छ,’ प्रधानमन्त्रीले भनेका छन्, ‘त्यसका निम्ति अनेकौं स्टेप पनि चालिएका छन्। थप पठाउने, थप खोज–अनुसन्धान गर्ने, बाहिरी र भित्री रूपमा अनुसन्धान गर्ने काम भएका छन्। तर त्यसमा सरकार ठ्याक्कै सफल भयो भन्न म सक्दिनँ। किनभने दोषी यकिन भइसकेको छैन।’

कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना बितिसकेको छ । तर, अझैसम्म अपराधी पक्राउ पर्न सकेको छैन ।

(teamtapper.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अवैध लागूऔषध सहित ७ जना पक्राउ
अवैध लागूऔषध सहित ७ जना पक्राउ
चैते वर्षाले महोत्तरीमा राहत
चैते वर्षाले महोत्तरीमा राहत
अमेरिकी डलरमा सामान्य गिरावट, कुन मुद्रा कतिमा हुँदै छ कारोबार?
अमेरिकी डलरमा सामान्य गिरावट, कुन मुद्रा कतिमा हुँदै छ कारोबार?
‘आफ्नो गाउँ आफैँ बनाऔँ’ का थालनीकर्ता कम्युनिष्ट नेता भरतमेहन प्रकाश सिलवाल काठमाडौँ। कानून व्यवसायबाट सामाजिक क्षेत्रमा लागेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी अर्थतन्त्रका विज्ञसमेत थिए। शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएका नेता अधिकारी मनमोहन स्मृति

नेपाल भ्रमणमा ओली र मोदीको ट्विट संवाद यस्तो छ…
नेपाल भ्रमणमा ओली र मोदीको ट्विट संवाद यस्तो छ…
शिवराज ३ र ४ लाई पुर्ण खोप सुनिश्चित घोषणा
शिवराज ३ र ४ लाई पुर्ण खोप सुनिश्चित घोषणा
सरकारले गठन ग-यो एक उच्चस्तरीय वार्ता टोली
सरकारले गठन ग-यो एक उच्चस्तरीय वार्ता टोली
पाकिस्तानसँग बंगलादेशलाई ७ विकेटले पराजित
पाकिस्तानसँग बंगलादेशलाई ७ विकेटले पराजित
Ought to Internet Dating Need to be Allowed in the Market?
कोहलपुर तनावग्रस्त, कफ्र्यू लगाउने तयारी
कोहलपुर तनावग्रस्त, कफ्र्यू लगाउने तयारी

तपाईंले छुटाउनुभयो कि?