अबको २ वर्षमा यस्तो बन्दैछ जनकपुर
सारांश
- काठमाडौं ।
- प्रदेशजना नम्बर २ को राजधानी जनकपुरलाई अबको दुई वर्षमा सफा सुग्घर राख्नेगरी आयोजना ल्याइएको छ ।
- हेर्न लायक बनाउनेगरी धार्मिक पर्यटकीय गन्तव्यको रुपमा चिनिएको जनकपुरको स्वरुप परिवर्तन गर्ने योजना अघि सारिएको छ ।
काठमाडौं । प्रदेशजना नम्बर २ को राजधानी जनकपुरलाई अबको दुई वर्षमा सफा सुग्घर राख्नेगरी आयोजना ल्याइएको छ । हेर्न लायक बनाउनेगरी धार्मिक पर्यटकीय गन्तव्यको रुपमा चिनिएको जनकपुरको स्वरुप परिवर्तन गर्ने योजना अघि सारिएको छ ।
त्यसैगरी जनकपुरधाम क्षेत्रमा ३० वटा सार्वजनिक शौचालय बनाउने सम्झौता भएको छ । अबको दुई वर्षमा यी काम सक्ने लक्ष्य राखिएको छ ।
जनकपुरधाम सरसफाई तथा पोखरी सम्बद्र्धन आयोजना अघि बढाउने सम्झौता भएको छ । खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागको सहलगानीमा खानेपानी तथा सरसफाई आयोजना, आयोजना व्यवस्थापन कार्यालय र जनकपुरधाम उपमहानगरपालिका बीच भएको सम्झौता भएको छ । सम्झौता अनुसार अबको दुई वर्षपछि जनकपुरको स्वरुप बदलिन लागेको हो ।
आयोजना अन्तर्गत ३१ वटा पोखरीको सरसफाई, संरक्षण, बाह्र बिघा रंगभूमि मैदानलाई सरसफाई, संरक्षण गरी अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउने आयोजनामा समेटिएको छ ।
यस वर्षदेखि नै काम सुरु गर्ने योजनाका साथ जनकपुरधाममा कार्य अघि बढाउने तयारी भईरहेको छ । यस आयोजनाबाट डेढ लाख जनसंख्या लाभान्वित हुनेछन् । आयोजनाको अनुमानित लागत १ अर्ब २ करोड ८० लाख रहेको छ । आयोजना सम्पन्न भईसकेपछि त्यसको सञ्चालन, मर्मत सम्भार आदि कार्यको लागि जनकपुरधाम उपमहानगरपालिकालाई आयोजना हस्तान्तरण गर्ने समझदारी भएको छ ।
सम्झौतामा सह लगानी खानेपानी तथा सरसफाई आयोजना, आयोजना व्यवस्थापन कार्यालय काठमाडौंको तर्फबाट आयोजना प्रमुख विद्यानाथ भट्टराई र जनकपुरधाम उप–महानगरपालिकाको तर्फबाट मेयर लालकिशोर शाहले हस्ताक्षर गरेका छन् ।
सम्झौतामा जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश ढुंगाना, वडा नम्बर २५ का वडाध्य क्षउमेश यादव र खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दास, खानेपानी मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रामकुमार श्रेष्ठ र आयोजनाका तर्फबाट इन्जिनियर सुधिर कुमार साहले साक्षीको रुपमा हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया