पुटिनको घोषणा : रुस बन्यो कोरोना भ्याक्सिन विकास गरी दर्ता गर्ने पहिलो मुलुक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २७, २०७७
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • एजेन्सी, २७ साउन ।
  • रुस कोरोना भ्याक्सिनको विकास गर्ने पहिलो मुलुक बनेको छ ।
  • रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वभरमा पहिलो भ्याक्सिन विकास गरी प्रयोगका लागि दर्ता समेत भएको जानकारी दिएका हुन् ।

एजेन्सी, २७ साउन । रुस कोरोना भ्याक्सिनको विकास गर्ने पहिलो मुलुक बनेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वभरमा पहिलो भ्याक्सिन विकास गरी प्रयोगका लागि दर्ता समेत भएको जानकारी दिएका हुन् ।

रुसी समाचार संस्था तासका अनुसार पुटिनले आज उच्च अधिकारीहरुसँगको बैठकमा रुस कोरोना भ्याक्सिन विकास गरी प्रयोगका लागि दर्ता गर्ने पहिलो मुलुक भएको बताएका हुन् । उनले स्वास्थ्यमन्त्री मिखायल मुरास्कोले यसबारे वृस्तृत सुचना दिने बताएका छन् ।

तासले पुटिनको भनाई उदृत गर्दै भनेको छ, ‘जहाँसम्म मलाई थाहा छ आज विहान विश्वभरमा पहलिोपटक नोबल कोरोना भाइरस विरुद्धको भ्याक्सिन दर्ता भएको छ ।’

मस्कोस्थित गामलियाले विकास गरेको भ्याक्सिन अनुमोदित भएसँगै यो सार्वजनिक प्रयोगमा आउने विश्वकै पहिलो कोरोना भ्याक्सिन भएको छ । रुसले रक्षा मन्त्रालयसँगको सहकार्यमा गामलियाको भ्याक्सिन परीक्षणमा सफल भएको दाबी गरेको थियो । तीन चरणको परीक्षणपछि भ्याक्सिनलाई अनुमोदनका लागि पठाइएको थियो । आगामी महिना रुसी जनतामा भ्याक्सिनको प्रयोग हुनेछ । रुसले आफ्ना जनताका लागि अक्टोबरमा भ्याक्सिन प्रयोगमा ल्याउने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधि सभा विघटनसम्बन्धी रिटबारे अन्तिम सुनुवाई आजदेखि
च्याम्प चितवनको उपाधि सेलिसा र अभियानले हात पारे
च्याम्प चितवनको उपाधि सेलिसा र अभियानले हात पारे
उदयपुर प्रहरी लाई फेरी ठुलो सफलता आहिले सम्मकै धेरै परीणामको लागुऔषध पक्राउ।
राजीव ढुंगाना बने नेविसंघ अध्यक्ष, महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवर
राजीव ढुंगाना बने नेविसंघ अध्यक्ष, महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवर
दीपिका पादुकोणले लगाएको बिकिनीको रङ्गका कारण नयाँ चलचित्र विवादमा
दीपिका पादुकोणले लगाएको बिकिनीको रङ्गका कारण नयाँ चलचित्र विवादमा
पर्यटन प्रवद्र्धन गर्न देवघाटमा घरवास
पर्यटन प्रवद्र्धन गर्न देवघाटमा घरवास
यदि छिटो धनि बन्न चाहनुहुन्छ ? यी ८ कामले बनाउन सक्छ तपाइलाई करोडपति
यदि छिटो धनि बन्न चाहनुहुन्छ ? यी ८ कामले बनाउन सक्छ तपाइलाई करोडपति
हिन्दीलाई कामकाजी भाषा बनाउन फोरम र राजपाको जोड
हिन्दीलाई कामकाजी भाषा बनाउन फोरम र राजपाको जोड
ह्याकरको अनधिकृत प्रवेश भएपछि हवाई टिकटमा सचेत गराउन थालियो
ह्याकरको अनधिकृत प्रवेश भएपछि हवाई टिकटमा सचेत गराउन थालियो
किन मेस्सी एक्लै डाँको छोडेर रोए ? सान्त्वना दिने कोही थिएनन्
किन मेस्सी एक्लै डाँको छोडेर रोए ? सान्त्वना दिने कोही थिएनन्

तपाईंले छुटाउनुभयो कि?