जङ्गबहादुरले आफ्नै शालिक हटाउन लगाएका थिए
सारांश
- रिपोर्टर्स नेपला विशेष ।
- जङ्गबहादुर राणाले टुँडिखेलमा आफ्नै शालिक राख्न लगाए ।
- युरोपको यात्रा गर्दा सम्राट र सेनापतिहरुका शालिक देखेका थिए ।
रिपोर्टर्स नेपला विशेष । जङ्गबहादुर राणाले टुँडिखेलमा आफ्नै शालिक राख्न लगाए । युरोपको यात्रा गर्दा सम्राट र सेनापतिहरुका शालिक देखेका थिए । उनलाई खुशी पार्न सँगै गएकाहरुले शालिक राख्न प्रेरित गरे । जङ्गबहादुर फर्किएपछि तत्काल शालिक राख्न लगाएका थिए ।आफू जिवितै छँदा आफ्नो प्रतिमा स्थापना गरेको केही महिनामै जङ्गबहादुर गम्भीर बने । ‘म जिउँदो छँदा पो यसको सम्मान वाध्यताले भएपनि गर्लान्, त्यसपछि ’ उनले सोचे । तत्काल प्रतिमा हटाउन लगाए ।
सत्तामा रहुञ्जेल पो सबैले पुछ्छन् सम्मान गर्छन् । त्यसपछि विगतमा चाकडी बजाउनेले लात्ताले हान्न बेर लगाउँदैनन् । मामा माथवरसिंह थापाको पालादेखि राजकाज र प्रशासनको चरित्र बुझेका जङ्गबहादुरले भविष्यबारे सोचेर आफ्नै कदम सच्याए ।जङ्गबहादुर प्रधानमन्त्री हुँदा नेपालको यात्रा गरेका रुसी नागरिक मिनाएभले यात्रावर्णनमा लेखेका छन्,‘आफूभन्दा पछि हुने नेपालका भावी शासकहरुले उनको प्रतिमाको यथायोग्य सम्मान दर्शाउने छैनन् भन्ने ठानेर नै जङ्गबहादुरले त्यसलाई हटाउने आदेश दिएका हुन् ।’
जङ्गबहादुर अघि र पछिका धेरै शासक र तिनका सन्तान दरसन्तानले शालिक र नाम राखेर पूर्वाधार बनाए । तर, जङ्गले कहिले त्यसो गरेनन् । उनले जे जति बनाए वा योगदान गरे त्यसमा आफ्नो नाम राखेनन् । उनी पछिका शासकले आफ्नो नाम पछाडि जङ्गबहादुर नाम राखे तर देशका कुनै बाटोघाटो, पुल, पाटी, पौवामा जङ्गबहादुरको नाम राखेनन् ।जङ्गबहादुरमा यस्तो चेतना थियो कि आफूले गरेको काम या नामको सम्मान आफू र आफ्ना मान्छे सत्तामा हुँदा मात्र हुनसक्छ । त्यसपछि त्यही नामको बदनाम गराउन मानिसहरु लाग्नेछन् । त्यसैले उनले राखेको शालिक पनि हटाएका थिए ।
प्रतिक्रिया