प्रधानमन्त्रीको भनाइले धार्मिक सहिष्णुतामा खलल ल्याउन सक्छः जितेन्द्र सोनल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ३०, २०७७
|
|
२५ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको भनाइले धार्मिक सहिष्णुतामा खलल ल्याउन सक्छः जितेन्द्र सोनल

सारांश

  • काठमाडौं, असार ३०।
  • भारतले नेपालको भूमि अयोध्यालाई सांस्कृतिक अतिक्रमण गरी आफ्नो भनिरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति विवादमा परेको छ ।
  • सरकारी अधिकारी र विज्ञहरुले समेत प्रधानमन्त्रीको भनाइलाई पुष्टि गर्ने प्रमाण र तथ्य नभएकाले भारतसँगको धार्मिक सम्बन्धमा असर पुर्याउने बताएका छन् ।

काठमाडौं, असार ३०। भारतले नेपालको भूमि अयोध्यालाई सांस्कृतिक अतिक्रमण गरी आफ्नो भनिरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति विवादमा परेको छ ।

सरकारी अधिकारी र विज्ञहरुले समेत प्रधानमन्त्रीको भनाइलाई पुष्टि गर्ने प्रमाण र तथ्य नभएकाले भारतसँगको धार्मिक सम्बन्धमा असर पुर्याउने बताएका छन् ।

अयोध्या भूमि नेपालमै भएको भनिएको प्रदेश २ का भौतिक पुर्वाधारमन्त्री जितेन्द्र सोनलले त प्रधानमन्त्रीको भनाई नेपाल भारतको धार्मिक सहिष्णुतामाथिनै प्रहार गर्ने खालको भएको टिप्पणी गरेका छन् ।

पत्रकार ऋषि धमलासँग कुरागर्दै मन्त्री सोनलले प्रधानमन्त्रीका भनाइहरु कुन उदेश्यले आइरहेका छन् भनेर बुझ्नै नसकिएको बताए ।

उनले प्रधानमन्त्री ओलीका अभिव्यक्ति कहिले विदेशनीति त कहिले क्षेत्रिय सद्भावनै भड्काउने खालका भएको भन्दै नेपालको तराई भूभागका जनता र भारतीय जनतासँगको सम्बन्धमा पटक पटक प्रहार हुदैँ आएको दावी गरे।

सोनलले भने,‘प्रधानमन्त्रीको भनाइमा विश्वास छैन् । अब कुनदिन प्रधानमन्त्रीले नेपाल पनि भारतको खण्ड हो भनेर भन्दिनुहुन्छ । यो धर्म र संस्कृतिको कुरा भएकाले कालान्तरमा ठूलो असर पार्न सक्छ । यो त मानसिक विचलन भयो ।’

मन्त्री सोनलले अहिले प्रदेश २ का अधिकाँस भूभागहरु डुवानमा परेको र यस बारेमा केन्द्रीय सरकारले भारतसँग कुरा गर्नुपर्नेमा उल्टै हस्तक्षेप भयो भनेर गृहमन्त्रीले पनि गैरजिम्मेबार अभिव्यक्ति दिएको बताए ।

सीमा र डुवानका विषयमा प्रदेशले कुरा गर्न नमिल्ने भन्दै उनले केन्द्रीय सरकारका प्रधानमन्त्री र गृहमन्त्रीले भारतसँग कुरा गर्न नसकेको दावीसमेत गरे ।

सधै साउनमा आएर मात्र चासो दिएजस्तो गरेर डुवानको समस्या हल नहुने दावी गर्दै उनले प्रश्न गरे, “अहिलेसम्म गृमन्त्रीले के हेरेर बस्नुभएको थियो? उहाँ कूटनीतिक पहल किन गर्नुहुन्न ? पहल नगर्ने अनि आरोप मात्रै लगाएर हुन्छ ?”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुर जिल्ला अदालतद्वारा नौ महिनामा करिव १३ सय मुद्दा फैसला
मकवानपुर जिल्ला अदालतद्वारा नौ महिनामा करिव १३ सय मुद्दा फैसला
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालकोटमा छलफल शुरु, यस्ता छन् एजेण्डा
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालकोटमा छलफल शुरु, यस्ता छन् एजेण्डा
६० प्रतिशत जनता बैंकको पहुँच भन्दा बाहिर
६० प्रतिशत जनता बैंकको पहुँच भन्दा बाहिर
नेपाली नागरिक सोमालियाको सरकारविरोधी इस्लामिक समुहका कमाण्डर, सैन्य कारबाहीमा मारिए
नेपाली नागरिक सोमालियाको सरकारविरोधी इस्लामिक समुहका कमाण्डर, सैन्य कारबाहीमा मारिए
नेकपासँग एकताको तयारीमा फोरम र नयाँ शक्ति !
नेकपासँग एकताको तयारीमा फोरम र नयाँ शक्ति !
कोरियाको याङजीमा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु
कोरियाको याङजीमा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु
अमेरिकाको हवाई डढेलोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो
अमेरिकाको हवाई डढेलोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो
नेकपाले दियो घुस प्रकरणमा मुछिएका पाठकको भिडियो
यी २ नेतालाई प्रचण्डले किन ढाँटे ?  पार्टी पुनर्गठन गर्ने चेतावनी
यी २ नेतालाई प्रचण्डले किन ढाँटे ? पार्टी पुनर्गठन गर्ने चेतावनी
धर्ना बस्दाबस्दा निर्मला पन्तका बुबाको मानसिक सन्तुलन खराब
धर्ना बस्दाबस्दा निर्मला पन्तका बुबाको मानसिक सन्तुलन खराब

तपाईंले छुटाउनुभयो कि?