आजदेखि चैतेदशैं शुरु

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २३, २०७५
|
|
१६ पटक हेरिएको
Shares
आजदेखि चैतेदशैं शुरु

सारांश

  • काठमाडौं ।
  • आजदेखि चैते दशैं अर्थात चैत्र शुक्ल प्रतिपदा नवरात्र शुरु भएको छ।
  • चैतेदशैँ भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ।

काठमाडौं । आजदेखि चैते दशैं अर्थात चैत्र शुक्ल प्रतिपदा नवरात्र शुरु भएको छ। चैतेदशैँ भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ। आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा मनाइँदैन ।

तापनि आजदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेको छ । वैदिक सनातन धर्मावलम्बीले घरघरमा शक्तिको उपासना स्वरुप देवीको पूजाआजा गर्नुका साथै देवीभागवत, दुर्गा सप्तशती चण्डी, देवी स्तोत्रलगायत देवीको महिमा गाइएको ग्रन्थ पाठ गरिन्छ।

चैत्र शुक्ल अष्टमी र नवमीलाई भने देशभर विशेष रुपमा मनाउने गरिन्छ। अष्टमीलाई चैतेदशैँ र नवमीलाई रामनवमी पर्वका रुपमा मनाउने गरिएको हो। यस वर्ष चैत ३० गते अष्टमी र वैशाख १ गते नव वर्षका दिन रामनवमी पर्व परेको छ। वर्षमा चार नवरात्र पर्छन्। चैत, असार, आश्विन र पुस महीनाको शुक्ल पक्षमा नवरात्र पर्ने र आश्विनका नवरात्रलाई विशेष रुपमा मनाउने गरिएको छ।

आषाढ र पौषका दुई नवरात्रमा भने साधना मात्र गरिन्छ। यी दुई नवरात्रलाई सुषुप्त दशैँ भन्ने गरिएको उनले बताए। चैत्र नवरात्र शुरु भएको अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ। उपत्यकाका गुह्येश्वरी, जयबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, सुन्दरीमाईलगायत पीठमा भक्तजनको भीड लागेको छ।

(https://linksmagazine.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?