रसियन युवतीलाइ महिला सांसदको सुझाव: विदेशी पुरुषसँग यौन सम्बन्ध नगर्नु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३१, २०७५
|
|
३४ पटक हेरिएको
Shares
रसियन युवतीलाइ महिला सांसदको सुझाव: विदेशी पुरुषसँग यौन सम्बन्ध नगर्नु

सारांश

  • रुसमा बिहीबार भव्य कार्यक्रमका बिच विश्व फुटबलको महाकुम्भ मेला विश्वकप फुटबल २०१८ सुरु हुँदैछ ।
  • सुन्दर शहर, कला संस्कृति तथा अरु विभिन्न काणले रुस घुम्न चाहनेहरुको केन्द्र यसअघि पनि रहँदै आएको हो ।
  • त्यसमाथि विश्वकप फुटबल हेर्नका लागि विश्वभरका धेरै मानिस त्यहाँ पुग्ने छन ।

रुसमा बिहीबार भव्य कार्यक्रमका बिच विश्व फुटबलको महाकुम्भ मेला विश्वकप फुटबल २०१८ सुरु हुँदैछ । सुन्दर शहर, कला संस्कृति तथा अरु विभिन्न काणले रुस घुम्न चाहनेहरुको केन्द्र यसअघि पनि रहँदै आएको हो ।

त्यसमाथि विश्वकप फुटबल हेर्नका लागि विश्वभरका धेरै मानिस त्यहाँ पुग्ने छन । विश्वमा रुसका युवतीको सुन्दरताको चर्चा हुने गरेको छ । यसले गर्दा विश्वकपको अवधिमा धेरै मात्रामा खुला वा गोप्य रुपमा यौन सम्बन्धहरु हुने आँकलन गरिन्छ ।

यहि बिचमा रुसकी एक वरिष्ठ सांसदले विदेशी पुरुषसँग यौन सम्बन्ध कायम नगर्न रुसी युवतीहरुलाई सुझाव दिएकी छन् । विश्वकप २०१८ को अवधिमा विदेशी पुरुषसँग यौन संबन्ध कायम नगर्न सुझाव दिने सांसद हुन्, तामारा प्लेटनयोभा ।

यो बेला विदेशी पुरुषसँग हुने यौन सम्बन्धबाट रसियन युवती गर्भवति हुन सक्ने र त्यसबाट जन्मिएका बच्चाले धेरै समस्या झेल्नु पर्ने भएकाले सचेत रहन उनले सुझाव दिएकी हुन् ।

उनी परिवार, महिला तथा बालबालिका सम्बन्धी कमिटिकी प्रमुख पनि हुन् । उनले तल्लो सदनमा बोल्ने क्रममा पनि विश्वकप पछि एकल आमाहरुको संख्या बढ्न सक्ने भन्दै चेतावनी दिएकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?