स्पेनले जित्यो युरो यू-२१ च्याम्पियनसिपको उपाधि

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १६, २०७६
|
|
२१ पटक हेरिएको
Shares
स्पेनले जित्यो युरो यू-२१ च्याम्पियनसिपको उपाधि

सारांश

  • एजेन्सी।
  • स्पेनले युरो यू(२१ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ।
  • इटालीमा आज विहान सम्पन्न युरो यू(२१ च्याम्पियनसिपको फाइनलमा जर्मनीलाई २(१ गोलअन्तरले पराजित गर्दै स्पेनले उपाधि उचालेको हो ।

एजेन्सी। स्पेनले युरो यू(२१ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ। इटालीमा आज विहान सम्पन्न युरो यू(२१ च्याम्पियनसिपको फाइनलमा जर्मनीलाई २(१ गोलअन्तरले पराजित गर्दै स्पेनले उपाधि उचालेको हो । सुरुवातीदेखि नै आफ्नो पकड बनाएको स्पेनले अग्रतालाई कायमै राख्दै जित हात पारेको हो ।

स्पेनलाई उपाधि दिलाउन फावियन रुइज र ड्यानी ओल्मोले गोल गरे । यता, जर्मनीका लागि भने नदिम अमिरीले एक गोल फर्काए । खेलको सातौ मिनेटमा फावियनले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म उनकै गोलको मद्दतमा स्पेनले अग्रता बनाएको थियो । दोस्रो हाफमा स्पेनले एक गोल थप्दा जर्मनीले पनि एक गोल फर्काउन सफल भयो

तर यो गोल स्पेनलाई रोक्न पर्याप्त भएन । खेलको ६९औं मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई २(० गोलको अग्रता दिलाए तर खेलको ८८औं मिनेटमा अमिरीले गोल फर्काउँदै २(१ गोलको स्थितिमा ल्याएपनि जर्मनीले स्पेनलाई रोक्न सकेन । यता, जर्मनीका लागि भने नदिम अमिरीले एक गोल फर्काए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?