इरानी सर्वोच्च नेतालाई शब्द चयनबारे ट्रम्पको चेतावनी

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ४, २०७६
|
|
१८ पटक हेरिएको
Shares
इरानी सर्वोच्च नेतालाई शब्द चयनबारे ट्रम्पको चेतावनी

सारांश

  • बीबीसी।
  • अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनेईलाई "आफ्ना शब्दप्रति सचेत रहन" चेतावनी दिएका छन्।
  • तेहरानमा शुक्रवार एउटा सार्वजनिक प्रवचनका क्रममा खामेनेईले संयुक्त राज्य अमेरिकाको आलोचना गरेपछि ट्रम्पको प्रतिक्रिया आएको हो।

बीबीसी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनेईलाई "आफ्ना शब्दप्रति सचेत रहन" चेतावनी दिएका छन्।

तेहरानमा शुक्रवार एउटा सार्वजनिक प्रवचनका क्रममा खामेनेईले संयुक्त राज्य अमेरिकाको आलोचना गरेपछि ट्रम्पको प्रतिक्रिया आएको हो।

हजारौँ मानिसलाई सम्बोधन गर्दै खामेनेईले अमेरिकी राष्ट्रपति ट्रम्पलाई "जोकर" को सङ्ज्ञा दिए भने इराकस्थित अमेरिकी सैन्य आधारशिविरमाथि इरानले हालै क्षेप्यास्त्र प्रहार गरेकोमा प्रशंसा गरे।

शुक्रवार ट्वीट गर्दै ट्रम्पले "सर्वोच्च नेता भनिए पनि खामेनेई सर्वोच्च नरहेको" र इरानको अर्थतन्त्र धरमराइरहेको तथा त्यहाँका जनताले दुःख झेल्नु परेको दाबी गरे।

दुई हप्ताअघि अमेरिकाले आक्रमण गरी इरानका वरिष्ठ सैनिक जेनरल कासिम सुलेमानीलाई मारिदिएपछि वाशिङटन र तेहरान बीचको तिक्तता झन् बढेको छ।

खामेनेईले के भनेका थिए?
असी वर्षीय खामेनेईले राजधानी तेहरानस्थित मोसल्ला मस्जिदबाट शुक्रवार देशलाई सम्बोधन गरेका थिए।

उनले पछिल्लो पटक सन् २०१२ मा देशमा इस्लामिक क्रान्ति भएको ३३ औँ वर्षगाँठ मनाउने सन्दर्भमा यसैगरी सम्बोधन गरेका थिए।

राजधानीमा शुक्रवारका प्रार्थनाहरूको नेतृत्व गर्नुको साङ्केतिक रूपमा ठूलो महत्त्व छ।

वाशिङटन इन्स्टिट्युट फर नीअरइस्ट पोलिसीका मेहदी खलाजी भन्छन्, यो यस्तो समारोह हो जुन इरानको सर्वोच्च निकायले निकै महत्त्वपूर्ण सन्देश प्रवाह गर्ने बेलाका लागि मात्रै आयोजना गर्छन्।

विगतमा इरानी नेताहरूले यस्तो अवसरको जिम्मा वाक्‌पटुतामा निपुण आफूप्रति वफादार धर्मगुरुलाई दिने गर्थे।

सेनाको बचाउ गर्नुका साथै खामेनेईले:

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको "दुष्ट" प्रशासनको आलोचना गरे।
इरानी जनताप्रति समर्थन व्यक्त गर्दा वाशिङटनले "झूटो" बोलेको आरोप लगाए र भने अमेरिकाले "तिनीहरूलाई विषालु छुरी धस्नेछ।"
इराकमा गरिएका इरानी क्षेप्यास्त्र हमला अमेरिकाको अनुहारमा "थप्पड" हो।
इरानको विशेष सैन्य कुड्स फोर्स, जसलाई अमेरिकाले आतङ्कवादी सङ्गठन भनेको छः "मानवीय मूल्य-मान्यता भएको मानवतावादी सङ्गठन" रहेको बताए।
सुलेमानीको अन्तिम संस्कार र इरानी सेनाको प्रतिक्रियालाई "इतिहासको एउटा मोड" भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?