कोपा अमेरिकी फुटबलको उपाधि ब्राजिललाई

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २३, २०७६
|
|
२१ पटक हेरिएको
Shares
कोपा अमेरिकी फुटबलको उपाधि ब्राजिललाई

सारांश

  • एजेन्सी।
  • आइतबार राति ब्राजिलको माराकाना रंगशालामा भएको खेलमा पेरुलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले उपाधि हात पारेको हो।
  • कोपा अमेरिकाको उपाधि जिताउन ग्याब्रियल जिससले नायकत्व प्रर्दशन गरे।

एजेन्सी। आइतबार राति ब्राजिलको माराकाना रंगशालामा भएको खेलमा पेरुलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले उपाधि हात पारेको हो। कोपा अमेरिकाको उपाधि जिताउन ग्याब्रियल जिससले नायकत्व प्रर्दशन गरे। उनले एक गोल गर्नुका साथै एक गोलको अवसर सिर्जना गरेका थिए।

खेलको १५ औं मिनेटमा जिससको पासलाई सदुपयोग गर्दै सुसा सोरेसले घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पाओलो गुरेरोले ४४ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पेरुलाई खेलमा फर्काएका थिए। तर पहिलो हाफको इन्जुरी समयमा जिससले गोल गर्दै ब्राजिललाई २–१ को अन्तरमा ल्याए।

७० औं मिनेटमा दोहोरो पहेलो कार्ड खाँदै जिससले मैदान छाडेपछि ब्राजिल १० खेलाडीमा सिमित बनेको थियो। खेलको अन्तिम मिनेटमा पेनाल्टीमा गोल गर्दै रिचर्ड्िलसनले ब्राजिलको जित सुनिश्चित गरेका थिए। खेलको १५ औ मिनेटमा सोरेसले गोल गर्दै ब्राजिललाई १(० गोलको अग्रता दिलाएका थिए।

तर खेलको ४४औं मिनेटमा पेरुले गोल फर्काउन सफल भयो। पेरुका लागि गुइरेरोले पेनाल्टीबाट गोल गर्दै १–१ गोलको बराबरी दिलाएका थिए। खेलको पहिलो हाफमै ब्राजिलले अग्रता बनाउन सफल भयो। पहिलो हाफको अतिरिक्त समयमा जिससले गोल गर्दै ब्राजिललाई २–१ गोलको अग्रता दिलाए।

खेलको ७० औं मिनेटमा भने ब्राजिल १० खेलाडीमा सिमित हुन पुग्यो। जिससले दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए। २–१ गोलअन्तरले अघि रहेको ब्राजिलले खेलको ९० औं मिनेटमा अर्को गोल गर्न सफल भयो। यो पटक भने पेनाल्टीबाट रिचार्लिसनले गोल गर्दै ब्राजिललाई ३–१ गोलको जित दिलाए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?