रेशम चौधरीको सांसद पद के होला ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २५, २०७५
|
|
१६ पटक हेरिएको
Shares
रेशम चौधरीको सांसद पद के होला ?

सारांश

  • कैलाली जिल्लाको क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई केही दिनअघि कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनायो।
  • न्यायिक हिरासतमा हुँदै सांसद पदको शपथ खुवाइएका चौधरी अदालतको फैसलापछि स्वत: निलम्बनमा परेका छन्।
  • उनी सांसदको हैसियतमा पाउने सेवासुविधाबाट वञ्चित भएका छन्।

कैलाली जिल्लाको क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई केही दिनअघि कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनायो।

न्यायिक हिरासतमा हुँदै सांसद पदको शपथ खुवाइएका चौधरी अदालतको फैसलापछि स्वत: निलम्बनमा परेका छन्।

उनी सांसदको हैसियतमा पाउने सेवासुविधाबाट वञ्चित भएका छन्।

तर अब उनी सांसद रहिरहन्छन् वा उनको निर्वाचन क्षेत्र रिक्त भयो भन्ने विषयमा केही अन्योल देखिएको छ।

संसद्को नियमावली, संविधानको व्यवस्था र संविधानविद्हरुको पनि यसबारे फरक धारणा देखिएको छ।

साढे तीन वर्षअघि कैलालीको टीकापुरमा नौ जनाको हत्या भएको घटनामा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला भएको हो।

थरूहटको आन्दोलन चर्किँदा विसं २०७२ भदौमा भएको विरोधप्रदर्शन हिंसात्मक बनेपछि भिडले आक्रमण गरेर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीलाई मारिदिएको थियो। सो घटनामा एक बालकको पनि ज्यान गएको थियो।

अदालतले अन्य १२ जनालाई तीन-तीन वर्षको कैद सजाय तोकेको छ। अदालतले सोही मुद्दामा अन्य तीन जनालाई सफाइ दिएको छ।

संसद् नियमावलीको व्यवस्था

प्रतिनिधिसभाको नियमावलीको नियम २४४ मा सदस्यको पक्राउसम्बन्धी जानकारी भनेर राखिएको छ।

त्यसको उपनियम ४ का अनुसार कुनै संसद्का कुनै सदस्यलाई फौजदारी मुद्दामा अदालतको अन्तिम फैसलाले कैदको सजाय हुने ठहर भएमा त्यस्तो कैदमा बस्नुपर्ने अवधिभरि वा कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसलाबमोजिम कैदको सजाय भुक्तान गरिरहेलप भएमा सो अवधिभरि निजको सदस्य स्वत: निलम्बति भएको मानिने उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?