1 वर्षमा ९७२ ले गराए गर्भपतन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १९, २०७६
|
|
३३ पटक हेरिएको
Shares
1 वर्षमा ९७२ ले गराए गर्भपतन

सारांश

  • पर्वतमा गत वर्ष ९७२ महिलाले गर्भपतन गराएका छन् ।
  • जिल्ला अस्पताललगायत सुरक्षित गर्भपतन गराउन सूचीकृत जिल्लाका २६ स्वास्थ्य संस्थामा उनीहरुले सो सेवा लिएका हुन् ।
  • जनस्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीले जिल्लामा सुत्केरी हुने सङ्ख्या गत वर्ष ९०१ रहेको बताउँदै सुत्केरी हुनेभन्दा गर्भपतन गराउने धेरै देखिएको जानकारी दिनुभयो ।

पर्वतमा गत वर्ष ९७२ महिलाले गर्भपतन गराएका छन् ।

जिल्ला अस्पताललगायत सुरक्षित गर्भपतन गराउन सूचीकृत जिल्लाका २६ स्वास्थ्य संस्थामा उनीहरुले सो सेवा लिएका हुन् ।

जनस्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीले जिल्लामा सुत्केरी हुने सङ्ख्या गत वर्ष ९०१ रहेको बताउँदै सुत्केरी हुनेभन्दा गर्भपतन गराउने धेरै देखिएको जानकारी दिनुभयो । गर्भपतनलाई परिवार नियोजनको विकल्पका रूपमा प्रयोग हुन थालेको भन्दै स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन् ।

पर्वत अस्पतालका प्रमुख डा शिशिर देवकोटाले परिवार नियोजनका साधन प्रयोग गर्नभन्दा गर्भपतन गर्न सजिलो मान्ने गरेको भन्दै यसले समस्या निम्तिने खतरा रहेको बताउनुभयो । डा देवकोटाका अनुसार परिवार नियोजनका अस्थायी साधनको प्रयोगको अवस्था निकै न्यून रहेको छ । पर्वतमा अस्थायी साधनको प्रयोगदर ३१ प्रतिशत रहेको छ जबकि राष्ट्रियस्तरमा परिवार नियोजनको साधान प्रयोगदर ४२ दशमलव ७ प्रतिशत छ ।

अस्थायी परिवार नियोजनका साधन कण्डम, पिल्स, इनप्लान्ट, सङ्गीनी सुईको सर्वसुलभ व्यवस्था भए पनि प्रयोगकर्ताले झण्झट मान्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । कुश्मा नगरपालिकामा सबैभन्दा बढी ४९४ महिलाले गत वर्ष गर्भपतन गरेका छन् । फलेवासमा १२२, पैयुँमा १२५, विहादीमा ९८, महाशिलामा ३८ ले गत वर्ष गर्भपतन सेवा लिएका छन् ।

जलजला गाउँपालिकामा ६२ र मोदी गाउँपालिकामा ३३ ले गर्भपतन गराएको तथ्याङ्क छ । डा देवकोटाले धेरैपटक गर्भपतन गराउँदा महिलामा शारीरिक समस्या देखिने बताउनुभयो । उहाँले धेरैपटक गर्भपतन गर्दा पाठेघर कमजोर हुने, गर्भ राख्न चाहँदा पनि गर्भपतन हुने र भविष्यमा बाँझोपनसमेत हुने खतरा हुने बताउनुभयो । महिलालाई सकेसम्म गर्भ्निरोधक अस्थायी साधानको प्रयोग गर्न डा देवकोटाको सुझाव छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डेनमार्क विश्वकप फुबटलका लागि छनोट
डेनमार्क विश्वकप फुबटलका लागि छनोट
सप्तरी-३ मा उपेन्द्र यादव लिए अग्रता
सप्तरी-३ मा उपेन्द्र यादव लिए अग्रता
अवैध लागूऔषध सहित ७ जना पक्राउ
अवैध लागूऔषध सहित ७ जना पक्राउ
साउदी जेलका बन्दी राईलाई छुटाउन प्रधानमन्त्री ओलीले गरे ३० लाख हस्तान्तरण
साउदी जेलका बन्दी राईलाई छुटाउन प्रधानमन्त्री ओलीले गरे ३० लाख हस्तान्तरण
ईंग्लिश प्रिमियर स् म्यान्चेस्टर सिटी शीर्ष स्थानमा पुनः फर्कियो
ईंग्लिश प्रिमियर स् म्यान्चेस्टर सिटी शीर्ष स्थानमा पुनः फर्कियो
सुन तस्करी प्रकरण: मुख्य लगानीकर्ता छुटे
अन्तस्शुल्क स्टिकर छपाई सम्बन्धी काम अघि नबढाउन लेखा समितिको निर्देशन
अन्तस्शुल्क स्टिकर छपाई सम्बन्धी काम अघि नबढाउन लेखा समितिको निर्देशन
सिडियोलाई ट्वाइलेटमा थुन्ने मन्त्री मात्रृका प्रसाद यादवको कति छ सम्पति ?
सिडियोलाई ट्वाइलेटमा थुन्ने मन्त्री मात्रृका प्रसाद यादवको कति छ सम्पति ?
‘न्यायालय र वारबीच मैत्रीपूर्ण सम्बन्ध स्थापनामा भूमिका निर्वाह गर्नुपर्छ’
‘न्यायालय र वारबीच मैत्रीपूर्ण सम्बन्ध स्थापनामा भूमिका निर्वाह गर्नुपर्छ’
भारतबाट पक्राउ परे किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवाली
भारतबाट पक्राउ परे किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवाली