‘चलचित्र नरम शक्तिको अङ्ग हो’ : नेता भीम रावल

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २७, २०८०
|
|
३४ पटक हेरिएको
Shares
‘चलचित्र नरम शक्तिको अङ्ग हो’ : नेता भीम रावल

सारांश

  • काठमाडौँ ।
  • नेकपा (एमाले)का नेता भीम रावलले चलचित्र र मनोरञ्जन जनताको मौलिक अधिकार रहेको बताएका छन् ।
  •   मङ्गलबार काठमाडौँमा चलचित्र ‘काँडेतार’ निर्माण समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले नरम शक्तिका रुपमा चलचित्र, साहित्य र कलालगायत रहेका बताए ।

काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले चलचित्र र मनोरञ्जन जनताको मौलिक अधिकार रहेको बताएका छन् । 
मङ्गलबार काठमाडौँमा चलचित्र ‘काँडेतार’ निर्माण समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले नरम शक्तिका रुपमा चलचित्र, साहित्य र कलालगायत रहेका बताए ।

“नरम शक्तिको महत्वपूर्ण अङ्ग चलचित्र हो । अन्य देशमा चलचित्रको माध्यममा धारणा निर्माण हुने गरेको छ । हामी कहाँ चलचित्र प्रदर्शनमै सास्ती भोगेको सुनिन्छ । यस्तो हुनु नरम शक्तिलाई समाप्त पार्नु हो”, नेता रावलले भने, “साहित्य, चलचित्रले देशको जिम्मेवार व्यक्तिलाई सजग गराउने हो । यस्ता चलचित्रलाई राज्यले सघाउनु पर्छ ।”

चलचित्रका निर्माता तथा निर्देशक नवल खड्काले सार्वभौमसत्ता, सीमा मिचिएकोदेखि सीमा व्यवस्थित गर्ने सन्दर्भ चलचित्रमार्फत उठान गरेको बताए । “हामीलाई सहयोग गर्ने विषयमा नै सास्ती भोगिरहेका छौँ । पछि हट्दैनौँ बरु अदालत जान्छौँ”, उनले भने ।

चलचित्रमा निर्देशक खड्कासँगै सुरविना कार्की, गौरव पहारी, रेविका गुरुङ, प्रशान्त यादव, मुरलीधरण, प्रेम सुब्बा, सञ्जल खतिवडा, रोमियान लिम्बू, पुष्पा श्रेष्ठ, रवि शाह लगयतका कलाकारले अभिनय गरेका छन् ।

‘निर्माणमा असफल हुँदा निर्देशनमा सफल भए’ : निर्देशक रिनाशा राई राणा

नृत्य निर्देशक हुँदै चलचित्र निर्देशक बन्नुभएकी रिनाशा राई राणा निर्देशित पहिलो चलचित्र ‘इन्टू मिन्टू लन्डनमा’ व्यावसायिक रूपमा सफल भयो । यद्यपि उनी निर्देशित दोस्रो चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ को व्यापार निकै न्यून छ । गत वैशाख २१ देखि प्रदर्शनरत चलचित्र व्यावसायिक रूपमा असफल भएको निर्देशक राणाले नै अन्तर्वार्तामा स्वीकार गरेका छन् ।

“चलचित्रले राम्रो प्रतिक्रिया पाइरहेको छ । यद्यपि व्यापारिक रूपमा सफल हुन् सकेका छैनौँ । तर दर्शककै सिफारिसमा चलचित्र भवनमा भीड बढ्ने विश्वास छ”, निर्देशक राणाले भने। उनी चलचित्रभन्दा बाहिरको मान्छेबाट समेत सकारात्मक प्रतिक्रया पाइरहँदा दर्शकको उपस्थिति नहुँदा आश्चर्य चकित छन् । उनले पहिलो चलचित्रले व्यापारिक रूपमा मुनाफा दिएता पनि निर्देशकलाई सन्तुष्ट पार्ने दोस्रो चलचित्र रहेको बताए । यद्यपि ‘ज्याकी : आई एम ट्वान्टी वान’ समीक्षा पनि राम्रो पाएको छैन । “चलचित्र आइरहेको भन्दा फरक छ । दर्शकलाई नयाँपन मन पर्छ भन्नेमा विश्वस्त थियौँ । अहिले समय ठीक भएन कि भन्ने पनि लागिरहेको छ”, निर्देशक राणाले भने। चलचित्रमा आफ्नो पात्रका लागि कलाकारद्वय धिरज मगर र जसिता गुरुङले दुई वर्ष नृत्यको प्रशिक्षण लिए ।

“चलचित्र भवनमा आइपुग्नुभएका दर्शकले मेहनत बुझ्नुभएको छ । यद्यपि दर्शकको भीड नदेखिँदा दुःख भने लागेको छ”, अभिनेता मगरले भने। यद्यपि उनी नेपालको नृत्यमा आधारित चलचित्रका रूपमा परिचित भएकामा सन्तुष्ट छन् ।

अभिनेत्री गुरुङले नयाँ विषयलाई दर्शकसम्म पु¥याउँदा यस्तो भएको हुन् सक्ने बताइन् । “एउटा पात्रलाई जीवन्त बनाउन हामीले गरेको मेहनत हेर्न दर्शक नआउँदा दुःख त लागेको छ । नेपाली चलचित्रमै परम्परागतभन्दा फरक रहेको यो निर्माण भएको छ”, अभिनेत्री गुरुङले भनिन् । चलचित्रमा अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डङ्गोल, राजु भुजु, सुजता राईलगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टर्कीए भूकम्पः अट्ठाइस हजारभन्दा बढीको मृत्यु
टर्कीए भूकम्पः अट्ठाइस हजारभन्दा बढीको मृत्यु
जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्यन गरिने
जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्यन गरिने
‘छोरी बचाउ, छोरी पढाउ’ चित्रलाई ललितकला पुरस्कार
‘छोरी बचाउ, छोरी पढाउ’ चित्रलाई ललितकला पुरस्कार
स्वास्थ्य राज्यमन्त्रीविरुद्ध कमिशनखोर रैथाने सिन्डिकेट !
एकैचोटी तीन बालिका हराए, ५ दिनसम्म अत्तोपत्तो छैन
एकैचोटी तीन बालिका हराए, ५ दिनसम्म अत्तोपत्तो छैन
एमालेकोभन्दा १०६ बढी पालिकामा कांग्रेसका उम्मेदवार विजयी
एमालेकोभन्दा १०६ बढी पालिकामा कांग्रेसका उम्मेदवार विजयी
नेपालगन्जमा विद्युत अवरुद्ध भएपछि ओलीको भाषण सुन्ने सबैको ईच्छा, अधुरो
नेपालगन्जमा विद्युत अवरुद्ध भएपछि ओलीको भाषण सुन्ने सबैको ईच्छा, अधुरो
वाइडबडी प्रकरणमा मन्त्री रवीन्द्र अधिकारीसहित, सचिव, सहसचिव मुछिए (नामसहित)
वाइडबडी प्रकरणमा मन्त्री रवीन्द्र अधिकारीसहित, सचिव, सहसचिव मुछिए (नामसहित)
गाजा इजरायल युद्दमा ६३ पत्रकार मारिएः सिपिजे
गाजा इजरायल युद्दमा ६३ पत्रकार मारिएः सिपिजे
बिमस्टेक : विदेश मन्त्रालयका सचिवहरुको बैठक भोली मंगलबार , यसरी सिगांरियो काठमाडौं
बिमस्टेक : विदेश मन्त्रालयका सचिवहरुको बैठक भोली मंगलबार , यसरी सिगांरियो काठमाडौं