‘सरकारमा जाने हल्ला निराधार’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २२, २०७४
|
|
१८ पटक हेरिएको
Shares
‘सरकारमा जाने हल्ला निराधार’

सारांश

  • काठमाडौँ, २२ असार ।
  • सङ्घीय समाजवादी फोरम नेपालले पार्टी तत्काल सरकारमा सहभागी हुने हल्ला निराधार भएको जनाएको छ ।
  • पार्टीले आज विज्ञप्ति जारी गरी सरकारमा जाने वा नजाने कार्यसूचीबारे पार्टीमा आधिकारिक निर्णय र सामान्य छलफलसमेत नभएको स्पष्ट गरेको छ ।

काठमाडौँ, २२ असार । सङ्घीय समाजवादी फोरम नेपालले पार्टी तत्काल सरकारमा सहभागी हुने हल्ला निराधार भएको जनाएको छ ।

पार्टीले आज विज्ञप्ति जारी गरी सरकारमा जाने वा नजाने कार्यसूचीबारे पार्टीमा आधिकारिक निर्णय र सामान्य छलफलसमेत नभएको स्पष्ट गरेको छ ।

‘चुनाव हुनै नदिई मधेसलाई अस्थिर बनाइराख्ने प्रतिगामी तत्वहरुको षड्यन्त्रलाई परास्त गर्न जित वा हारको पर्वाह नगरी पार्टी चुनावमा होमिएको’ केन्द्रीय सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पार्टीले परिमार्जनसहित संविधान संशोधन गरी मधेसी, आदिवासी जनजाति, थारु, उत्पीडितलगायत अल्पसङ्ख्यक समुदायको माग सम्बोधन गरी अधिकार सुनिश्चितताका लागि सदा झँैं प्रतिबद्ध रहने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?