दूध दिने गाइवस्तुले खान्छन् चकलेट !

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
१९ पटक हेरिएको
Shares
दूध दिने गाइवस्तुले खान्छन् चकलेट !

सारांश

  • काठमाडौं, १४ माघ- मानिसले रुचाउने चकलेट अब गाईवस्तुका लागि उत्पादन हुन थालेको छ।
  • मोरङको एक उद्योगले गाईवस्तुको दानाका रूपमा चकलेट उत्पादन गरेको हो।
  • विशेष गरी यो चकलेट दूध दिने गाईवस्तुका लागि लाभदायी हुने उद्योगको दावी छ।

काठमाडौं, १४ माघ- मानिसले रुचाउने चकलेट अब गाईवस्तुका लागि उत्पादन हुन थालेको छ। मोरङको एक उद्योगले गाईवस्तुको दानाका रूपमा चकलेट उत्पादन गरेको हो। विशेष गरी यो चकलेट दूध दिने गाईवस्तुका लागि लाभदायी हुने उद्योगको दावी छ।

बजारीकरणसँगै घाँस र दानाको अभाव भएपछि यसलाई परिपूर्ति गर्न आधुनिक दानाका रूपमा गाईवस्तुले खाने चकलेट उत्पादन गर्न थालिएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

मोरङको झोराहाटस्थित कृष्ण दाना उद्योगले केही महिनाअघिदेखि दानाको आधुनिक स्वरूपमा चकलेट बजारमा पठाइएको जनाएको छ। उद्योग सञ्चालक रोम कट्टेल गाईवस्तुलाई चाहिने पोषक तत्व चकलेटबाटै परिपूर्ति गर्ने गरी उत्पादन थालिएको बताउँछन्। उनले भने, ‘सहरी संस्कृति बढेसँगै अहिले आफैं गाईवस्तु पालेर दूध खाने प्रचलन पनि बढेको तर वस्तुलाई चाहिने हरियो घाँसको अभाव भएकाले त्यो पूरा गर्न चकलेट उत्पादन गरेका हौं।’

उनका अनुसार खसीबाख्रालाई पनि खुवाउन मिल्ने चकलेट आधा र एक केजी तौलमा उत्पादन गरेर बजारमा बिक्रीका लागि पठाइएको छ। यसमा हरियो घाँसमा पाइने पोषणसँगै अतिरिक्त तत्व पनि मिलाइएको हुन्छ। पिना, आइरन, क्याल्सियम, भुसलगायत खाद्यवस्तु मिसावट गरेर चकलेट बनाइएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?